+

सिकन्दर राजा बने टी–२०आईमा ३००० रनसँगै १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी

२०८२ फागुन  १५ गते ८:३३ २०८२ फागुन १५ गते ८:३३
सिकन्दर राजा बने टी–२०आईमा ३००० रनसँगै १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिम्बाबेका कप्तान सिकन्दर राजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३००० रन र १०० विकेट पूरा गर्दै नयाँ कीर्तिमान बनाएका छन्।
  • उनी पूर्ण सदस्य राष्ट्रबाट यस्तो उपलब्धि हासिल गर्ने पहिलो तथा समग्रमा दोस्रो खेलाडी बनेका छन्।
  • राजाले टी-२० विश्वकप २०२६ अन्तर्गत भारतविरुद्धको खेलमार्फत यो उपलब्धि हासिल गरेका हुन्।

१५ फागुन, काठमाडौं । जिम्बाबेका कप्तान सिकन्दर राजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३००० रन र १०० विकेट पूरा गर्दै नयाँ कीर्तिमान बनाएका छन्। उनी पूर्ण सदस्य राष्ट्रबाट यस्तो उपलब्धि हासिल गर्ने पहिलो तथा समग्रमा दोस्रो खेलाडी बनेका हुन्।

यसअघि मलेसियाका विरानदीप सिंहले ३००० रन र १०० विकेटको उपलब्धि हासिल गरिसकेका छन् । मलेसिया एसोसियट राष्ट्र हो ।

३९ वर्षीय राजाले टी-२० विश्वकप २०२६ अन्तर्गत भारतविरुद्धको खेलमार्फत यो उपलब्धि हासिल गरेका हुन्। राजाले भारतविरुद्ध ३१ रन बनाएका थिए । सो क्रममा उनले ३००० रनको आँकडा पार गरे ।

राजाले आफ्नो १३२औं टी–२० अन्तर्राष्ट्रिय खेलमा ३००० रन पूरा गरेका हुन्। हालसम्म उनले ३०१६ रन बनाएका छन्, जसमा १ शतक र १६ अर्धशतक समावेश छन्। बलिङतर्फ उनले १०४ विकेट लिएका छन्।

समग्र टी–२० क्रिकेटमा भने उनले ३४८ खेलमा ७००० रन पूरा गरेका छन्।

भारतसँगको उक्त खेलमा जिम्बाबे ७२ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

सिकन्दर राजा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय