News Summary
Generated by OK AI. Editorially reviewed.- जय ट्रफी क्रिकेट प्रतियोगिताको फाइनल खेल फागुन १७-१९ बाट चैत २१-२३ सम्म एक महिना सारिएको छ।
- नेपाल क्रिकेट संघ (क्यान) ले चुनाव र लिग २ सिरिजका कारण फाइनल खेल सारिएको जनाएको छ।
- त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
१५ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेट प्रतियोगिताको फाइनल खेल एक महिना पछाडि धकेलिएको छ ।
यसअघि फागुन १७-१९ का लागि तय भएको फाइनल खेल आसन्न आम चुनाव तथा त्यसपछि हुने लिग २ सिरिजका कारण सारिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
‘चुनावका कारण सारिएको हो, चुनावपछि लिग २ का खेलहरू छन् । त्यसकारण एक महिना सरेको हो’ क्यानका प्रवक्ता छुम्बी लामाले अनलाइनखबरसँग भने ।
फाइनल खेल अब चैत २१ देखि २३ सम्म हुनेछ । दुईदिवसीय प्रतियोगिता जय ट्रफीको फाइनल खेल तीन दिनको हुने प्रावधान छ ।
उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् ।
प्रतिक्रिया 4