+

च्याम्पियन्स लिग फुटबल : प्रि-क्वाटरफाइनलको ‘ड्र’ सार्वजनिक

२०८२ फागुन  १५ गते १७:४३ २०८२ फागुन १५ गते १७:४३
च्याम्पियन्स लिग फुटबल : प्रि-क्वाटरफाइनलको ‘ड्र’ सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युईएफए च्याम्पियन्स लिग २०२५-२६ को प्रि-क्वाटरफाइनल 'ड्र' सार्वजनिक भएको छ।
  • साविक विजेता पेरिस सेन्ट जर्मेनले चेल्सीसँग प्रि-क्वाटरफाइनल खेल्नेछ।
  • प्रि-क्वाटरफाइनल पहिलो लेग मार्च १०-११ र दोस्रो लेग मार्च १७-१८ मा हुनेछ।

१५ फागुन, काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबल २०२५-२६ को प्रि-क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ । शुक्रबार भएको ड्र अनुसार इंग्लिस क्लबहरुका लागि कठिन विपक्षी परेको छ ।

‘ड्र’ अनुसार साविक विजेता फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब चेल्सीसँग प्रि-क्वाटरफाइनलमा खेल्नेछ । यस्तै म्यानचेस्टर सिटीले रियल मड्रिडसँग अन्तिम १६ मै प्रतिस्पर्धा गर्नेछ ।

टोटनहमले एट्लेटिको मड्रिड, न्युकासल युनाइटेडले बार्सिलोना प्रतिद्वन्दी पाउँदा लिभरपुलले गालातासारे तथा आर्सनलले बायर लेभरकुसनसँग खेल्नेछ ।

यस्तै जर्मन क्लब बायर्न म्युनिखले एटलान्टासँग खेल्नेछ भने यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको नर्वेजियन क्लब बोडोले स्पोर्टिङ सीपीसँग खेल्नेछ ।

पीएसजी, चेल्सी, लिभरपुल, गालातासारे, रियल मड्रिड, सिटी र एटलान्टा र बायर्नमध्ये एक टिम मात्र फाइनल पुग्ने देखिएको छ भने अर्कोतर्फ बार्सिलोना, आर्सनल, एट्लेटिको, टोटनहम, न्युकासल, बोडो र लेभरकुसनमध्ये एक टिम फाइनल पुग्नेछ ।

प्रि-क्वाटरफाइनल पहिलो लेगका खेलहरु मार्च १०-११ मा हुनेछ भने दोस्रो लेगको खेल मार्च १७-१८ मा हुनेछ ।

युरोपियन च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय