News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले आईसीसी क्रिकेट विश्वकप लिग २ का लागि २० खेलाडीको क्याम्प घोषणा गरेको छ।
- इशान पान्डे जय ट्रफीमा ३ खेलमा ३३१ रन बनाएर सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्।
- टी-२०आई डेब्यू गरिसकेका शेर मल्ल र कप्तान रोहित पौडेल क्याम्पमा परेका छन्।
१५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने घरेलु शृंखलाका लागि २० खेलाडी क्याम्पमा बोलाइएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै २० खेलाडीको क्याम्प घोषणा गरेको हो । क्याम्पमा अधिकांश राष्ट्रिय टोलीकै खेलाडी परेका छन् ।
तीबाहेक बागमती प्रदेशका टप अर्डर ब्याटर इशान पान्डे पनि क्याम्पमा बोलाइएका छन् । काठमाडौंमा भइरहेको जय ट्रफीमा इशानले शानदार प्रदर्शन गरेका छन् ।
इशानले ३ खेल (६ इनिङ) मा ३ अर्धशतकसहित ३३१ रन बनाएका छन् । उनी यस संस्करणको जय ट्रफीकै सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् ।
इशानले नेपालको टी-२०आई टिमबाट खेलिसकेको भएपनि ओडिआई टिमबाट खेलेका छैनन् । जय ट्रफीको प्रदर्शनपछि उनी ओडिआई टिमको ढोका ढक्ढक्याउँदै छन् ।
यस्तै शेर मल्ल पनि क्याम्पमा परेका छन् । शेरले ओडिआई टिममा परेका छैनन् । टी-२० विश्वकप २०२६ मा इंग्ल्यान्डसँगको खेलमार्फत उनले टी-२०आई डेब्यू गरेका थिए ।
क्याम्पमा परेका खेलाडीहरूमा कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसँगै कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, भीम सार्की, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अर्जुन साउद, बसिर अहमद, ललित राजवंशी, आकाश चन्द, शेर मल्ल, इशान पान्डे, नन्दन यादव, हेमन्त धामी, रिजन ढकाल र शाहब आलम छन् ।
प्रतिक्रिया 4