+

खुला विद्यालयस्तरीय हक्कीमा श्री कालिकालाई दोहोरो उपाधि

२०८३ वैशाख  १२ गते २०:२७ २०८३ वैशाख १२ गते २०:२७
खुला विद्यालयस्तरीय हक्कीमा श्री कालिकालाई दोहोरो उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्री कालिका माविले खुला विद्यालयस्तरीय फाइभ ए साइड पुरुष तथा महिला हक्की प्रतियोगितामा शनिबार दोहोरो उपाधि जितेको छ ।
  • भक्तपुरस्थित मिड भ्याली कलेजमा भएको प्रतियोगितामा पुरुष र महिलामा गुन्डु इङलिस स्कुल दोस्रो र जनता मावि तेस्रो भए ।
  • पुरुषमा मोहन विक उत्कृष्ट खेलाडी र महिलामा रोजिना राणा उत्कृष्ट खेलाडी घोषित भए ।

१२ वैशाख, काठमाडौं ।  श्री कालिका माविले खुला विद्यालयस्तरीय फाइभ ए साइड पुरुष तथा महिला हक्की प्रतियोगितामा शनिबार दोहोरो उपाधि जितेको छ । श्री कालिका पुरुष र महिला दुवैमा पहिलो भयो ।

भक्तपुर जिल्ला हक्की संघको आयोजनामा भक्तपुरस्थित मिड भ्याली कलेजमा भएको प्रतियोगिताको पुरुष र महिला दुवैमा गुन्डु इङलिस स्कुल दोश्रो तथा जनता मावि तेश्रो बने । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार पाए ।

पुरुषमा श्री कालिकाका मोहन विक उत्कृष्ट खेलाडी, श्री कालिकाका रोमन राणा उत्कृष्ट गोलरक्षक, जनताका अमितकुमार महतो उत्कृष्ट डिफेन्डर तथा श्री कालिकाका मोहन पुन र विवेक विक (दुवै १४ गोल) सर्वाधिक गोलकर्ता भए ।

महिलामा श्री कालिकाकी रोजिना राणा उत्कृष्ट खेलाडी, जनताकी प्रियाकुमारी राय उत्कृष्ट गोलरक्षक, श्री कालिकाकी राइसा खातुन उत्कृष्ट डिफेन्डर र जनताकी प्रीति दास (१२ गोल) सर्वाधिक गोलकर्ता बने ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

खुला विद्यालयस्तरीय फाइभ ए साइड पुरुष तथा महिला हक्की

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय