News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल टेबलटेनिस संघ र नेपाल मेडिसिटी अस्पतालबीच खेलाडी तथा पदाधिकारीको उपचारका लागि सम्झौता भएको छ ।
- सम्झौता पत्रमा संघका महासचिव कुवेरप्रकाश सिंह र अस्पतालका सहायक उपाध्यक्ष तेन्जिङ कुन्सेल वज्राचार्यले हस्ताक्षर गरेका छन् ।
- एक वर्षका लागि भएको सम्झौता अनुसार खेलाडी, पदाधिकारी र प्राविधिकले उपचारमा निश्चित प्रतिशत सहुलियत पाउनेछन् ।
११ जेठ, काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघ र नेपाल मेडिसिटी अस्पतालबीच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ ।
टेबलटेनिस संघका महासचिव कुवेरप्रकाश सिंह र बिजनेस डेभलोप्मेन्ट, ब्रन्डिङ तथा मार्केटिङका सहायक उपाध्यक्ष तेन्जिङ कुन्सेल वज्राचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
अस्पतालले खेलाडी, संघका पदाधिकारी, अफिसियल, प्राविधिकलगायतलाई उपचारमा निश्चित प्रतिशत सुविधा उपलब्ध गराउने छ ।
सम्झौता एक वर्षसम्म कायम रहने टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।
प्रतिक्रिया 4