News Summary
Generated by OK AI. Editorially reviewed.- हङकङमा हुने २२औं यू–२० एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दै छ ।
- मे २८ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा नेपालका ३ पुरुष र २ महिला खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् ।
- राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले सोमबार आयोजित एक कार्यक्रमबीच नेपाली एथ्लेटिक्स टोलीलाई बिदाइ गर्नुभयो ।
११ जेठ, काठमाडौं । २२औं यू–२० एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली मंगलबार हङकङ जाने भएको छ ।
मे २८ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा बादल कार्कीले १ हजार ५००/३००० मिटर दौड तथा प्रवीण रानाले १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।
महिलामा अनुष्का अधिकारीले १००/२०० मिटर दौड, नारायणी भण्डारीले ८ सय÷१ हजार ५ सय मिटर दौड र संगीता विकले ४००/८०० सय मिटर दौडमा खेल्ने छन् ।
प्रशिक्षकमा रामबहादुर ओली तथा व्यवस्थापकमा गजबहादुर गुरुङ र दिलबहादुर बम रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतिक्रिया 4