News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा समूह 'बी' को विजेता इरानसँग खेल्ने भएको छ ।
- अर्को सेमिफाइनल खेलमा समूह 'ए' को विजेता भारत र समूह 'बी' को उपविजेता काजखस्तान भिड्ने भएका छन् ।
- प्रतियोगिता अन्तर्गतका दुवै सेमिफाइनल खेलहरू आगामी १४ जेठमा त्रिपुरेश्वरस्थित कभर्डहलमा सञ्चालन हुने तय भएको छ ।
११ जेठ, काठमाडौं । नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा इरानसँग खेल्ने भएको छ ।
समूह चरणको अन्तिम काजखस्तानलाई हराउँदै इरान समूह बी को विजेता बनेपछि समूह ए को उपविजेता नेपालले इरानको सामना गर्ने भएको हो ।
त्यसअघि भारतले किर्गिस्तानलाई सोझो सेटमा हराउँदै समूह ए को विजेता बनेर सेमिफाईनल पुगेपछि नेपाल समूह ए को उपविजेता बनेको थियो ।
नेपालले सन् २०२४ मा काठमाडौंमै भएको काभा मशिला च्यालेन्ज कपमा ईरानसँग दुई पटक खेल्दा एक जित र एक हारको नतिजा निकालेको थियो ।
त्यस बेला लिग चरणमा नेपाल इरानसँग पराजित भएपनि नेपालले सेमिफाईनलमा इरानलाई हराएर बदला लिएको थियो ।
अर्को सेमिफाईनल समूह ए को विजेता भारत र समूह बी को उपविजेता काजखस्तानबीच हुनेछ । सेमिफाइनलका दुवै खेल जेठ १४ गते हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा इरानले काजखस्तानलाई २५-२२, २५-२०, २५-२२ ले पराजित गरेको हो ।
यसअघि नै श्रीलंका र माल्दिभ्सलाई पराजित गर्द सेमिफाईनलमा स्थान पक्का गरिसकेको काजखस्तान र इरानबीचको खेल समूह विजेता बन्नको लागि निर्णायक थियो ।
यो खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएपनि इरानले सोझो सेटमै जितेर साविक विजेताको देखायो ।
अपराजित इरानले समूह बी लगातार तीन खेल जित्दै ९ अंक जोडेर शीर्ष स्थानमा रह्यो । यस्तै काजखस्तान दुई जित र एक हारबाट ६ अंकसहित दोस्रो स्थानमा रह्यो ।
गत वर्ष उज्वेकिस्तानमा भएको पहिलो संस्करणको काभा महिला भलिबल च्याम्पियनसिपमा इरानले उपाधि जितेको थियो ।
प्रतिक्रिया 4