News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी मेजर लिग सकरअन्तर्गत फिलाडेल्फियाविरुद्धको खेलमा घाइते भएको आशंका गरिएका अर्जेन्टिनाका स्टार लियोनेल मेस्सी ७३औं मिनेटमा मैदानबाट बाहिरिएका छन् ।
- मियामीका प्रशिक्षक गुइलेर्मो होयोसले भिजेको र भारी मैदानका कारण थकित भएका मेस्सीलाई जोखिम नलिन मैदानबाट निकालिएको बताएका छन् ।
- इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ६–४ ले पराजित गरेको खेलमा मेस्सी विश्वकपअघि घाइते भएको आशंकाले समर्थकमाझ चिन्ता बढाएको छ ।
११ जेठ, काठमाडौं । अर्जेन्टिनाका स्टार लियोनेल मेस्सी विश्वकपअघि घाइते भएको भन्दै चिन्ता बढेको छ । आइतबार भएको खेलमा असहज महसुस गर्दै मैदानबाट निस्किएपछि मेस्सी घाइते भएको हुनसक्ने धेरैले आँकलन गरेका छन् । तर, आधिकारिक रूपमा भने केही आएको छैन ।
अमेरिकी मेजर लिग सकरअन्तर्गत आइतबार भएको फिलाडेल्फियाविरुद्धको खेलका क्रममा मेस्सी ७३औं मिनेटमा मैदानबाट निस्किएका थिए । ७०औं मिनेटमा फ्रिकिक लिएपछि मेस्सीले आफ्नो बायाँ तिघ्राको माथिल्लो भागमा बल समातिरहेका थिए ।
त्यसपछि उनले प्रतिस्थापनको लागि अनुरोध गरे र माटेओ सिल्भेट्टी उनको ठाउँमा आए । तर, बाहिर निस्कँदा उनी सामान्य रूपमा हिँडिरहेको देखिन्थ्यो । प्रतिस्थापनका लागि मेस्सी आफैंले अनुरोध गरेका कारण पनि उनी घाइते भएको हुनसक्ने धेरैले आँकलन गरेका छन् ।
मियामीका प्रशिक्षक गुइलेर्मो होयोसले भिजेको पिचको अवस्थाको कारणले सावधानी अपनाइएको बताएको बीबीसीले जनाएको छ । ‘मलाई थाहा भएसम्म, हामीसँग यसको बारेमा अहिलेसम्म कुनै रिपोर्ट छैन, तर उनी साँच्चै थकित थिए । यो थकान थियो’ होयोसले खेल पछि भने, ‘मैदान भारी थियो र शंका गर्नुको सट्टा, तपाईं सधैं जोखिम नलिन भन्नुहुन्छ ।’
नु स्टेडियममा भएको खेलमा इन्टर मियामीले फिलाडेल्फिया युनियनमाथि ६–४ को जित निकाल्यो । मेस्सीले १७ दिनपछि सुरु हुने विश्वकप खेल्ने नखेल्नेबारे केही बोलेका छैनन् ।
तर, अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकप खेल्ने धेरेको अपेक्षा छ । अर्जेन्टिनाले अर्काे हप्ता विश्वकप खेल्ने अन्तिम टोलीको घोषणा गर्नेछ ।
प्रतिक्रिया 4