News Summary
Generated by OK AI. Editorially reviewed.- चार पटकको विजेता इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल हुँदा गियानलुइजी डोनारुम्मा जस्ता स्टार खेलाडी प्रतियोगितामा देखिने छैनन् ।
- ब्राजिलका रोड्रिगो र जर्मनीका सर्ज नाब्रीसहित धेरै स्टार खेलाडी चोटका कारण सन् २०२६ को फिफा विश्वकप गुमाउने सूचीमा परेका छन् ।
- अर्जेन्टिनाका पाउलो डिबला र फ्रान्सका एडुवार्डो कामाभिङ्गा जस्ता चर्चित खेलाडी आफ्नो राष्ट्रिय टोलीमा अटाउन सकेनन् ।
११ जेठ, काठमाडौं । विश्व फुटबलको कुम्भ मेला फिफा विश्वकप २०२६ नजिकँदै गर्दा अहिले त्यहाँ खेल्ने टिम र खेलाडीको बारेमा चर्चा भइरहेको छ ।
सहभागी ४८ टिमले अहिले विश्वकपका लागि प्रारम्भिक रूपमा टिमहरू घोषणा गर्ने क्रम जारी छ । धेरै टिमले २६ सदस्यीय अन्तिम टोली नै घोषणा गर्दा केही टिमले प्रारम्भिक टोली घोषणा गरेका छन् ।
फिफाको अनुसार जुन २ सम्म सबै सहभागी टिमले आफ्नो अन्तिम सुची बुझाइसक्नुपर्नेछ । तर विश्वकप खेल्ने टिमहरूले प्रारम्भिक सूची घोषणा गर्दा केही स्टार नामहरू भने त्यहाँ समावेश छैनन् ।
केही खेलाडी आफ्नो राष्ट्र नै विश्वकपमा छनोट नहुँदा यो विश्वकपमा देखिने छैनन् भने केही खेलाडीले आफ्नो टिम छनोट भएर पनि चोटका कारण विश्वकप गुमाउने भएका छन् ।
अरु केही त्यस्ता अभागी खेलाडी पनि छन् जो आफ्नो टिम विश्वकपमा हुँदा पनि अन्तिम सुचीमा अटाउन सकेनन् । अब उनीहरू आफ्नो टिमले विश्वकप खेलेको दर्शक बनेर घरबाट हेर्नेछन् ।
अमेरिका, क्यानडा र मेक्सिकोमा विश्वकप इतिहासमै अहिलेसम्मको धेरै ४८ टोलीले सहभागिता जनाउने भएपनि पुर्व विजेता इटालीदेखि केही बलिया टिम पनि विश्वकपमा छनोट नहुँदा खेलाडीहरू पनि विश्वकप खेल्नबाट बन्चित हुनेछन् ।
चार पटकको विजेता इटली विश्वकपको प्लेअफमा बोस्निया एण्ड हर्जगोभिनासँग प्लेअफमा पराजित हुँदा लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको थियो ।
इटली विश्वकपमा नहुँदा गोलकिपर गियानलुइजी डोनारुम्मा जस्ता उत्कृष्ट गोलकिपर र मिडफिल्डर सान्ड्रो टोनाली, बास्तोनी जस्ता खेलाडीहरू विश्वकपमा देखिने छैनन् ।
यस्तै अफ्रिकाको दुई ठुला राष्ट्र क्यामरुन र नाइजेरिया पनि यस वर्ष विश्वकपमा छनोट हुन सकेन ।
पाँच पटक अप्रिकी कफ अफ नेसन्सको उपाधि जितेको क्यामरुनमा ब्राउन एमबुएमा, नाइजेरियाका फरवार्ड भिक्टवर ओसिमहेन र एडेमोला लुकम्यान जस्ता खेलाडीहरू पनि यस पटक विश्वकपमा देखिने छैनन् ।
यस्तै पेरिस सेन्ट जर्मेनका लागि उत्कृष्ट प्रदर्शन गर्दै बएका जर्जियाका कभारा केभित्स्खलिया पनि विश्वकपमा देखिने छैनन् । उनको टिम विश्वकपमै छनोट भएन ।
यस्तै हंगेरीका डोमिनिक सोबोजलाई पनि विश्वकपमा देखिने छैनन् । हंगेरी पनि विश्वकपमा छनोट हुन सकेन ।
अर्का भेट्रान फरवार्ड रोबर्ट लेवान्डोस्की यस पटक विश्वकपमा नखेखिने अर्को ठुलो नाम हो । पोल्यान्ड पनि विश्वकपमा छनोट हुन नसक्दा लेवान्डोस्कीलाई यस पटक विश्वकपमा देख्न पाइने छैन ।
लिभरपुलबाट खेल्ने सोबोजलाईको टिममेट फ्रान्स ह्युगो एकिटिके भने चोटका कारण विश्वकपमा नदेखिने भएका छन् । एकिटिके गाभिर चोटका कारण विश्वकपबाट बाहिरिएका हुन् ।
फ्रान्सका मिडफिल्डर एडुवार्डो कामाभिङ्गा भने विश्वकप खेल्ने टोलीमा अटाउन सकेनन् ।
यसैगरी ब्राजिलका युवा खेलाडीहरू रोड्रिगो, एस्ताभिओ र एडर मिलिटाओ पनि चोटका कारण विश्वकप खेल्ने टिममा पर्न सकेनन् ।
जर्मनीका फरवार्ड सर्ज नाब्री, स्पेनका मडफिल्डर फर्मिन लोपेज पनि चोटको शिकार हुँदा विश्वकपमा देखिने छैनन् । नेदरल्यान्ड्सका जाभी सिमोन्सले पनि चोटका कारण विश्वकप गुमाउने भएका छन् ।
इंग्ल्यान्डका कोल पाल्मर फिल फोडेन ह्यारी मगुएर ट्रेन्ट अलेजान्डर बर्नोल्ड जस्ता खेलाडी पनि विश्वकप खेल्ने टिममा अटाएनन् ।
साविक विजेता अर्जेन्टिनाले प्रारम्भिक टोली घोषणा गर्दा नै पाउलो डिबला टोलीमा अटाएनन् । अन्तिम टोली घोषणा गर्न बाँकी रहेकोले अर्जेन्टिनाको टिममा को पर्छ को बाहिरिन्छ हेर्न बाँकी नै छ ।
२०२६ फिफा विश्वकपमा नदेखिने स्टार खेलाडीहरू
रोड्रिगो (ब्राजिल) – चोट
सर्ज गनाब्री (जर्मनी) – चोट
ह्युगो एकिटिके (फ्रान्स) – चोट
जाभी सिमोन्स (नेदरल्याण्ड्स) – चोट
एडर मिलिटाओ (ब्राजिल) – चोट
गियानलुइजी डोनारुम्मा (इटाली) – छनोट हुन नसकेको
स्यान्ड्रो टोनाली (इटाली) – छनोट हुन नसकेको
भिक्टर ओसिमहेन (नाइजेरिया) – छनोट हुन नसकेको
एडेमोला लुकम्यान (नाइजेरिया) – छनोट हुन नसकेको
रोबर्ट लेवान्डोस्की (पोल्याण्ड) – छनोट हुन नसकेको
ख्विचा कभारात्स्खेडिया (जर्जिया) – छनोट हुन नसकेको
डोमिनिक सोबोस्लाई (हंगेरी) – छनोट हुन नसकेको
एडुआर्डो कामाभिङ्गा (फ्रान्स) – टोलीमा नपरेको
जोआओ पेड्रो (ब्राजिल) – टोलीमा नपरेको
कोल पाल्मर (इंग्ल्यान्ड) – टोलीमा नपरेको
फिल फोडेन (इंग्ल्यान्ड) – टोलीमा नपरेको
ह्यारी मगाएर (इंग्ल्यान्ड) – टोलीमा नपरेको
काओरु मितोमा (जापान) – चोट
प्रतिक्रिया 4