News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले चीनको मेइशानमा सन् २०२६ अप्रिल ७ देखि ११ सम्म भएको प्रथम एसियन स्केटबोर्डिङ च्याम्पियनसिपमा सहभागिता जनाएको छ।
- नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ एसोसिएसनको नेतृत्वमा पेम्थिलेन शेर्पाले देशको प्रतिनिधित्व गरेका थिए।
- संघका अध्यक्ष अच्युत खनालले आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा थप सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
१ वैशाख, काठमाडौं । नेपालले चीनको मेइशान शहरमा सन् २०२६ अप्रिल ७ देखि ११ तारिखसम्म सम्पन्न प्रथम एसियन स्केटबोर्डिङ च्याम्पियनसिपमा सहभागिता जनाएको छ।
उक्त च्याम्पियनसिप वर्ल्ड स्केट एसियाले आयोजना गरिएको थियो । नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ एसोसिएसनको नेतृत्वमा नेपालबाट एक मात्र खेलाडी पेम्थिलेन शेर्पा ले उक्त प्रतियोगितामा देशको प्रतिनिधित्व गरेका थिए।
यस अन्तर्राष्ट्रिय प्रतियोगितामा एसियाका विभिन्न देशका उत्कृष्ट स्केटबोर्ड खेलाडीहरूको सहभागिता रहेको थियो । नेपालको तर्फबाट पहिलो पटक यस स्तरको एसियाली प्रतियोगितामा सहभागिता जनाउनु स्वयंमा ऐतिहासिक उपलब्धि भएको संघले जनाएको छ ।
खेलाडी शेर्पाले प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै नेपालको स्केटबोर्डिङ क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अवसर सिर्जना गरेका छन् ।
यस सहभागिताले नेपालमा स्केटबोर्डिङ खेलको विकास, प्रवर्द्धन तथा नयाँ प्रतिभाहरूको पहिचानमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।
संघले आगामी दिनहरूमा थप अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउँदै खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको संघका अध्यक्ष अच्युत खनालले जानबारी दिए ।
प्रतिक्रिया 4