News Summary
Generated by OK AI. Editorially reviewed.- १०औं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली ५ चैतमा चीन जाने भएको छ।
- प्रतियोगिता चैत ९ देखि १७ गतेसम्म हुनेछ र सेनेगलमा हुने डकार युथ ओलम्पिकको छनोट पनि हो।
- राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र कमलबहादुर भट्टराईले टोलीलाई शुभकामना दिदै बिदाइ गरेका छन्।
५ चैत, काठमाडौं । १०औं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।
चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रतियोगिता सेनेगलमा हुने डकार युथ ओलम्पिकको छनोटका रूपमा समेत रहेको छ ।
प्रशिक्षकमा लानम लामा र जंगबहादुर तामाङ तथा निर्णायकमा मन्जुर महर्जन र गोविन्दबहादुर शाही रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतिक्रिया 4