+

काठमाडौंमा यू–१६ इन्टर स्कुल फुटसल प्रतियोगिता हुँदै

२०८३ जेठ  १३ गते १२:०७ २०८३ जेठ १३ गते १२:०७
काठमाडौंमा यू–१६ इन्टर स्कुल फुटसल प्रतियोगिता हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको नयाँबजारमा जेठ २९ गतेदेखि खुला यु–१६ इन्टर स्कुल फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
  • हाम्रो एकता खेलकुद क्लबको आयोजनामा हुने प्रतियोगिताको विजेताले ८५ हजार ५५५ र उपविजेताले ३५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
  • खेलमा सहभागी हुन इच्छुक विद्यालयले आगामी जेठ २७ गतेसम्म टिम दर्ता गराउन सक्ने आयोजकले जनाएको छ ।

१३ जेठ, काठमाडौं । काठमाडौंमा खुला यु–१६ इन्टर स्कुल फुटबल प्रतियोगिता हुने भएको छ ।

हाम्रो एकता खेलकुद क्लबको आयोजनामा जेठ २९ गतेदेखि काठमाडौं महानगरपालिका–१६, नयाँबजारस्थित रिभरफिल्ड फुटसलमा उक्त प्रतियोगिता हुन लागेको हो ।

असार १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ८५ हजार ५५५ र उपविजेताले ३५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक क्लबका अध्यक्ष मदन ढकालले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीले ट्रफी र प्रमाणपत्र पाउनेछन् । टिम दर्ताका लागि ८ हजार ५ सय कायम गरिएको छ ।

जेठ २७ गतेसम्म टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।

यू–१६ इन्टर स्कुल फुटसल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय