+

सगरमाथाको चुचुरोमा पोखरा एभेन्जर्सको झण्डा

२०८३ जेठ  १३ गते ९:२४ २०८३ जेठ १३ गते ९:२४
सगरमाथाको चुचुरोमा पोखरा एभेन्जर्सको झण्डा

१३ जेठ, काठमाडौं । नेपाली पर्वतारोहण गाइड एवं उच्च हिमाली क्षेत्रका चलचित्र निर्माता तथा प्रवर्द्धक पासाङ काजी शेर्पाले विश्वको सर्वाेच्च शिखरमा सगरमाथाको चुचुरोमा पोखरा एभेन्जर्सको झण्डामा फहराएकी छन् ।

शेर्पाले आठौं पटक सगरमाथाको आरोहण गर्दै मे २३ २०२६ बिहान ३ः५० बजे नेपाल प्रिमियर लिग (एनपीएल) टोली पोखरा एभेन्जर्सको झण्डा फहराएकी हुन् ।

पोखरा एभेन्जर्सले प्रेस विज्ञप्ती जारी गर्दै खेलकुदमार्फत जलवायु परिवर्तन र हिमाली हिमनदीहरूको संरक्षणबारे चेतना जगाउने साझा प्रतिबद्धताको प्रतीकका रूपमा सगरमाथाको शिखरमा पोखरा एभेन्जर्सको झण्डा फहराइएको जनाएको छ ।

एभेन्जर्सले नेपाली खेलकुदको भावना र ग्रासरुट क्रिकेटको विकासलाई प्रवद्र्धनसँगै जलवायु परिवर्तन र हिमनदी संरक्षणसँग सम्बन्धित मुद्दाहरूलाई निरन्तर सहयोग गर्दै आएको अध्यक्ष त्रिपाठीले बताए ।

‘हामी यो अभियानलाई केवल शिखरमा पुग्ने कुरामा मात्र सीमित नराखी कुनै ठुलो उद्देश्यका लागि समर्पित गर्न चाहन्थ्यौं’, उनले भने, ‘यो हाम्रो हिमनदी संरक्षणको महत्व बुझाउन र जलवायु परिवर्तनबारे चेतना जगाउनुका साथै क्रिकेटको विकासलाई प्रोत्साहन गर्ने एउटा आह्वान हो ।’

पोखरा एभेन्जर्स ‍सगरमाथा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय