News Summary
Generated by OK AI. Editorially reviewed.- गोपाल श्रेष्ठले २०२६ एडब्ल्यूएफ एसियन सिनियर भारोत्तोलन प्रतियोगितामा अन्तर्राष्ट्रिय टेक्निकल अफिसियलको भूमिका निर्वाह गर्ने भएका छन् ।
- प्रतियोगिता भारतको गुजरातस्थित गान्धीनगरमा मे ९ देखि १७ तारिखसम्म हुनेछ र २८ राष्ट्रका १७२ खेलाडी सहभागी हुनेछन् ।
- नेपाल ओलम्पिक कमिटी शुक्रबार श्रेष्ठलाई शुभकामना दिँदै विदाइ गरेको छ ।
२६ वैशाख, काठमाडौँ । नेपालका गोपाल श्रेष्ठले २०२६ एडब्ल्यूएफ एसियन सिनियर भारोत्तोलन प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।
श्रेष्ठले सो प्रतियोगितामा अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल (आइटिओ)को भूमिका निर्वाह गर्नेछन् ।
एडब्ल्यूएफ एसियन सिनियर भारोत्तोलन प्रतियोगिता भारतको गुजरातस्थित गान्धीनगरमा मे ९ दखि १७ तारिखसम्म हुुनेछ ।
प्रतियोगितामा एसियाका २८ राष्ट्रका १७२ खेलाडीले प्रतिस्पर्धा गर्ने एसियन भारोत्तोलन महासंघले जनाएको छ ।
सातदोबाटोस्थित एनओसी कार्यनलयमा नेपाल ओलम्पिक कमिटी (एनओसी)का कार्यवाहक अध्यक्ष अशोक वज्राचार्य, उपाध्यक्ष ज्योति राणा र महासचिव राजीव श्रेष्ठले श्रेष्ठलाई शुक्रबार आयोजित एक कार्यक्रममा श्रेष्ठलाई शुभकामनासहित विदाइ गरे ।
विदाइ कार्यक्रममा एनओसीका कार्यवाहक अध्यक्ष वज्राचार्यले नेपालको भारोत्तोलनलाई निरन्तर अन्तर्राष्ट्रिय एक्सपोजर दिइरहेकोमा नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)को प्रशंसा गरे । यसैगरी महासचिव श्रेष्ठले अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोगिता र निर्णायकजस्ता प्राविधिक पक्षमा बढ्दो सहभागिताले नेपाली खेलकुदलाई अझ उचाईमा पुर्याउने बताए ।
विदाइ कार्यक्रममा नेपाल भारोत्तोलन संघका सचिव कुमारमान श्रेष्ठ र केन्द्रीय सदस्य तथा ओलम्पियन राजेन्द्रबहादुर प्रधानको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4