+

नेपाल स्कुल स्पोर्ट्स फेडेरेसन र ब्रिज इन्टरनेशनलबीच सहकार्य

२०८३ जेठ  १७ गते २०:३८ २०८३ जेठ १७ गते २०:३८
नेपाल स्कुल स्पोर्ट्स फेडेरेसन र ब्रिज इन्टरनेशनलबीच सहकार्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्कुल स्पोर्ट्स फेडेरेसन र ब्रिज इन्टरनेशनलबीच विद्यालय खेलकुद तथा उच्च शिक्षा प्रवर्द्धनका लागि सहकार्य सम्झौता भएको छ ।
  • सम्झौताअनुसार ब्रिजले फेडेरेसनको सिफारिशमा २ जना विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा खेल विज्ञान अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछ ।
  • ब्रिजका निर्देशक भुवन गिरी एनएसएसएफ इन्टरनेसनल डेभलपमेन्ट कमिटी यूकेको अध्यक्षमा मनोनयन भएका छन् ।

१७ जेठ, काठमाडौं । नेपाल स्कुल स्पोर्ट्स फेडेरेसन (एनएसएसएफ) र ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी एन्ड माइग्रेसनबीच विद्यालय खेलकुद तथा उच्च शिक्षाको प्रवर्द्धनका लागि सहकार्य भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आइतबार आयोजित एक कार्यक्रमकाबीच दुई पक्षिबीच हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा नेपाल स्कुल स्पोर्ट्स फेडेरेसनका तर्फबाट महासचिव राजकुमार कार्की र ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीको तर्फबाट निर्देशक भुवन गिरीले हस्ताक्षर गरे ।

दुई पक्षले शिक्षा र खेलकुदलाई सँगै अगाडि बढाउने उदेश्यका साथ खेल विकाससँगै विश्वविद्यालयमा छात्रवृत्तिका लागि सहकार्य गरेका हुन् ।

सोही कार्यक्रममा ब्रिज इन्टरनेशनलका निर्देशक भुवन गिरीलाई एनएसएसएफ इन्टरनेसनल डेभलपमेन्ट कमिटी युकेको अध्यक्षमा मनोनयन गरिएको छ ।

समझदारीपत्रअनुसार विद्यालय खेलकुदको विकास, खेलकुदसँग सम्बन्धित शैक्षिक कार्यक्रमको प्रवर्द्धन, छात्रवृत्ति अवसर विस्तार तथा अन्तर्राष्ट्रिय शैक्षिक अवसरमा पहुँच अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ ।

दुवै संस्थाले विद्यालय तहको खेलकुदलाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र प्रभावकारी बनाउने लक्ष्यसहित सहकार्य गर्ने जनाएका छन् । सम्झौताअन्तर्गत एनएसएसएफले सिफारिस गरेका दुई जना विद्यार्थीलाई ब्रिजले त्रिभुवन विश्वविद्यालयमा खेल विज्ञान (स्पोर्ट्स साइन्स) विषयमा स्नातकोत्तर तह अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउनेछ । छात्रवृत्ति एक जना छात्र र एक जना छात्राका लागि हुनेछ । प्रत्येक विद्यार्थीलाई चार सेमेस्टर अवधिका लागि करिब २ लाख ३८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने उल्लेख गरिएको छ ।

त्यसैगरी, एनएसएसएफले योग्य तथा जेहननदार विद्यार्थीको छनोट र सिफारिस गर्ने जिम्मेवारी वहन गर्नेछ । छात्रवृत्ति वितरण सम्बन्धित शैक्षिक संस्थाको नियम तथा नीतिअनुसार सञ्चालन गरिने जनाइएको छ ।

सम्झौतामा प्रायोजन तथा खेलकुद कार्यक्रम सञ्चालनसम्बन्धी सहकार्यलाई पनि विशेष प्राथमिकता दिइएको छ । ब्रिजले एनएसएसएफद्वारा आयोजना गरिने वार्षिक एक खेलकुद प्रतियोगितामा शीर्ष प्रायोजक (टाइटल स्पोन्सर) को भूमिका निर्वाह गर्ने सहमति जनाएको छ । साथै जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका अन्तरविद्यालय खेलकुद प्रतियोगिता तथा कार्यक्रमहरू संयुक्त रूपमा आयोजना गर्ने समझदारी भएको छ । गेम्स, कप, कम्ब्याट गेम्स तथा स्कुल प्रिमियर लिग (एसपीएल) जस्ता प्रतियोगिताहरू सञ्चालनमा सहकार्य गरिने उल्लेख छ ।

ब्रिजले खेल सामग्री, खेल पोसाक तथा विभिन्न शैक्षिक र खेलकुद कार्यक्रमका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन पनि सहमति जनाएको छ ।

यस समझदारीलाई विद्यालय खेलकुद र खेल शिक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। सम्झौताले प्रतिभाशाली विद्यार्थी खेलाडीलाई उच्च शिक्षामा पहुँच बढाउनुका साथै नेपालमा विद्यालय खेलकुदको दिगो विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । सो अवसरमा कार्कीले विद्यार्थीहरूलाई स्वदेशमै पढ्ने वातावरण सिर्जना गर्नका लागि पनि ब्रिजले सहयोग सहयोग गर्नु सराहनीय उदाहरण भएको बताए ।

ब्रिजका निर्देशक गिरीले यो सहकार्यले विद्यार्थहीरुलाई विदेशमा पठाउने मात्र नभई स्वदेशमै बसेर पनि उच्च शिक्षा हासिल गर्न सकिने र नेपाली खेलकुद विकासका लागि यसअघि पनि काम गर्दै आएको बताएका छन् ।

विद्यालय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय