News Summary
Generated by OK AI. Editorially reviewed.- श्रीलंकालाई २-० ले पराजित गर्दै नेपाल भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
- पहिलो खेलमा भुटानलाई हराएको नेपाल लगातार दोस्रो जितसँगै समूह 'ए' को विजेता बनेको हो ।
- नेपालको सेमिफाइनल प्रतिद्वन्द्वीको टुङ्गो आज हुने भारत र बंगलादेशबीचको खेलपछि लाग्नेछ ।
१७ जेठ, काठमाडौं । श्रीलंकालाई २-० ले पराजित गर्दै नेपाल भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
लगातार दोस्रो जितपछि नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनल पुगेको हो । पहिलो खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको थियो ।
नेपालले अब समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ ।
समूह बी अन्तर्गत आज हुने भारत र बंगलादेशबीचको खेलपछि नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी टुङ्गो लाग्नेछ ।
आजको खेलमा नेपालका लागि बिर्सना चौधरीले डेब्यू पनि गरिन् ।
प्रतिक्रिया 4