+
एसियन गेम्स छनोट :

एसियन गेम्स छनोट : पुरुषतर्फ चीनमाथि नेपालको फराकिलो जित

२०८३ जेठ  १७ गते ११:०८ २०८३ जेठ १७ गते ११:०८
एसियन गेम्स छनोट : पुरुषतर्फ चीनमाथि नेपालको फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली पुरुष क्रिकेट टोलीले एसियन गेम्स छनोटमा चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
  • टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको विशाल योगफल बनाएको थियो।
  • खेलमा कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गर्दै विश्वकै छैटौं खेलाडीको कीर्तिमान बनाएका छन्।

१७ जेठ, काठमाडौं । कुशल भुर्तेलको शानदार शतकपछि बलिङमा किफायती प्रदर्शन गर्दा नेपाली पुरुष क्रिकेट टोलीले एसियन गेम्स छनोटमा चीनमाथि फराकिलो जित हासिल गरेको छ ।

नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमा अलआउट भयो । नेपालले २२१ रनको फराकिलो जित निकाल्न सफल भयो ।

चीनका लागि झेङ सेनिजानले सर्वाधिक ३१ रन बनाए । जिआनहो दुले १७ रन तथा तियान सेंकुनले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कुशल मल्लले ३ विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले २-२ तथा नन्दन यादवले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएको थियो । यो नेपालका लागि दोस्रो सर्वाधिक योगफल समेत हो । यसअघि नेपालले एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रनको योगफल बनाएको थियो ।

कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ४३ बलमा १२९ रन बनाए । उनले ५ चौका र १६ छक्का प्रहार गरे । यस्तै कुशल मल्ल ४७ बलमा ८५ रन तथा रोहित पौडेल २१ बलमा ६९ रनमा अविजित रहे ।

भुर्तेलले खेलको नवौं ओभरमा ६ छक्का समेत प्रहार गरे । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् भने विश्वकै छैटौं खेलाडी समेत हुन् ।

चीनका लागि मा कुइनचेन र डेंग जिंकीले १-१ विकेट लिए ।

एसियन गेम्स क्रिकेट छनोट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय