+

फिफा विश्वकप २०२६ कुन-कुन देशमा हुँदैछ ? आयोजक राष्ट्र, शहर र रंगशालाको पूर्ण जानकारी

२०८३ जेठ  १७ गते १८:०२ २०८३ जेठ १७ गते १८:०२
फिफा विश्वकप २०२६ कुन-कुन देशमा हुँदैछ ? आयोजक राष्ट्र, शहर र रंगशालाको पूर्ण जानकारी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ इतिहासमै पहिलो पटक अमेरिका, मेक्सिको र क्यानडामा ४८ टोलीको सहभागितामा कुल १०४ खेलसहित आयोजना हुँदैछ ।
  • प्रतियोगिताका कुल खेलहरूमध्ये अमेरिकाका ११ रङ्गशालामा सबैभन्दा बढी ७८ खेल हुनेछन् भने फाइनल खेल न्यू जर्सीस्थित रङ्गशालामा खेलाइनेछ ।
  • मेक्सिको र क्यानडामा समान १३–१३ खेल हुनेछन् भने मेक्सिकोको एस्टाडियो एज्टेका तीनवटा विश्वकप आयोजना गर्ने पहिलो रङ्गशाला बन्नेछ ।

१७ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ इतिहासमै पहिलो पटक तीन राष्ट्रमा संयुक्त रूपमा आयोजना गरिँदैछ ।

उत्तर अमेरिकी महादेशको अमेरिका, मेक्सिको र क्यानडामा जुन ११ देखि जुलाई १९ सम्म आयोजना हुने २३औं संस्करणको विश्वकपमा ४८ टिम सहभागि छन् र कूल १०४ खेल हुनेछन् ।

अहिलेसम्मकै ठूलो विश्वकपमा पहिलो पटक सहभागि टोली संख्या बढाएर ४८ पुर्‍याइएको छ भने अहिलेसम्मकै धेरै खेल हुनेछ । विश्वकपका खेलहरू उत्तर अमेरिकाको तीन राष्ट्रको १६ वटा शहरका १६ वटा विभिन्न रंगशालाहरूमा सञ्चालन हुँदैछन् ।

आयोजक राष्ट्रहरू, शहरहरू र रंगशालाहरूको पूर्ण विवरण यस प्रकार छ ।

१. संयुक्त राज्य अमेरिका

फिफा विश्वकप २०२६ को मुख्य केन्द्र भने अमेरिका हो । किनभने १६ मध्ये अमेरिकाका सबैभन्दा धेरै ११ वटा शहरका ११ वटा रङ्गशालामा खेल आयोजना हुनेछन् । फाइनल खेल पनि अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ ।

अमेरिकाको एटलान्टा स्टेडियम, बोस्टन स्टेडियम, डालास स्टेडियम, ह्युस्टन स्टेडियम, क्यान्सस सिटी स्टेडियम, लस एन्जलस स्टेडियम, मायमी स्टेडियम, न्यूयोर्क–न्यु जर्सी स्टेडियम, फिलाडेल्फिया स्टेडियम, सान फ्रान्सिस्को बे एरिया स्टेडियम, सियाटल स्टेडियममा खेल हुनेछ ।

अमेरिकाको स्टेडियमहरुको नाम प्रायोजकको नामबाट रहेपनि फिफाले विश्वकपका लागि ती स्टेडियमहरुको नाम परिवर्तन गर्दै फरक नाम राखेको हो । तीन स्टेडियममलाई प्रायोजन गर्ने प्रायोजकहरु फिफासँग आबद्ध नरहेकोले फिफाले सबै स्टेडियममको नाम परिवर्तन गर्दै शहरको नामबाट नामाकरण गरेको छ ।

२. मेक्सिको

अमेरिकापछि मेक्सिकोका ३ वटा शहरका ३ वटा रङ्गशालामा फिफा विश्वकप २०२६ का खेलहरू हुनेछन् । मेक्सिकोको प्रसिद्ध ‘इस्टाडियो अज्टेका’ मा यस विश्वकपको उद्घाटन खेल हुनेछ । जहाँ आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यस बाहेक मेक्सिकोको मोन्टेरे र ग्वाडलाहारामा खेलहरु हुनेछन् ।

३. क्यानडा

पहिलो पटक विश्वकप आयोजकको रुपमा रहेको क्यानडाका २ वटा शहरका २ वटा रङ्गशालामा मात्र विश्वकपका खेलहरू खेलिनेछन् । क्यानडाले सह आयोजकको रुपमा पहिलो पटक पुरुष फिफा विश्वकप आयोजना गर्न लागेको हो ।

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस र टोरन्टोस्थित बीएमओ फिल्डमा विश्वकपका खेलहरु हुनेछन् ।

कुन देशको कुन रंगशालामा कति खेल हुनेछ ?

फिफा विश्वकपका खेलहरु १६ रंगशालामा आयोजना हुँदा अमेरिकामा सबैभन्दा बढी हुने छ ।

अमेरिकाको ११ रंगशालमा सर्वाधिक ७८ खेल हुनेछ भने मेक्सिको र म्यानडामा १३-१३ खेल हुनेछ ।

कुन देशका कुन-कुन रंगशालामा कति खेल हुनेछन् त? त्यस बारे विवरण यहाँ प्रस्तुत गरिएको छ ।

१. संयुक्त राज्य अमेरिका — ११ रंगशाला (कुल ७८ खेल)

अमेरिकामा सबैभन्दा बढी खेलहरू हुनेछन्, जसमा फाइनल र सेमिफाइनल जस्ता महत्त्वपूर्ण खेलहरू समावेश छन् । डालास स्टेडियममा सबैभन्दा धेरै ९ खेलहरू खेलाइनेछन् ।

२. मेक्सिको — ३ रंगशाला (कुल १३ खेल)

मेक्सिकोको प्रसिद्ध एस्टाडियो एज्टेका रंगशाला तीनवटा छुट्टाछुट्टै फिफा विश्वकप आयोजना गर्ने इतिहासकै पहिलो रंगशाला बन्दैछ । उक्त रंगशालमा यसअघि सन् १९७० र १९८६ को विश्वकपका खेल समेत आयोजना भएका थिए ।

३. क्यानाडा — २ रंगशाला (कुल १३ खेल)

क्यानडाले पहिलो पटक पुरुष फिफा विश्वकपका खेलहरू आयोजना गर्न लागेको हो ।

नोट : फिफाको नियमअनुसार व्यावसायिक प्रयोजनका कर्पोरेट नामहरू हटाएर रंगशालाहरूको नाम फिफा प्रतियोगिताका लागि आधिकारिक रूपमा परिमार्जन गरिएको हो ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय