+

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा ४ किलोमिटर दौड प्रतियोगिता सम्पन्न

२०८२ माघ  १० गते १८:३२ २०८२ माघ १० गते १८:३२
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा ४ किलोमिटर दौड प्रतियोगिता सम्पन्न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ७४औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा चार किलोमिटर दौड प्रतियोगिता त्रिपुरेश्वरबाट त्रिवि भन्सार कार्यालयसम्म सम्पन्न भएको छ।
  • प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, भन्सार कर्मचारी लगायत करिब १५० जना सहभागी थिए।
  • पुरुषतर्फ रुपेश कार्की र महिलातर्फ लक्ष्मी खड्काले प्रथम स्थान हासिल गरेका छन् र पुरस्कार माघ १२ गते वितरण गरिनेछ।

१० माघ, काठमाडौं । ७४औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित चार किलोमिटर दौड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता भन्सार विभाग त्रिपुरेश्वरबाट सुरु भई थापाथली, माइतीघर, बानेश्वर, तिनकुने हुँदै त्रिवि भन्सार कार्यालयमा पुगेर सम्पन्न भएको थियो।

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, भन्सार कर्मचारी, भन्सार एजेन्ट, नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसन, नेपाल भन्सार एजेन्ट संघ काठमाडौं, नेपाल निर्यात परिषद् ठमेल तथा नेपाल कुरियर सेवा संघ काठमाडौंका प्रतिनिधिसहित करिब १५० जना प्रतियोगीहरूको सहभागिता रहेको थियो।

पुरुषतर्फ सशस्त्र प्रहरी बलका रुपेश कार्कीले १५.३१ मिनेटमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरे। नेपाली सेनाका राजीवकुमार नेपालले १८.२० मिनेटमा दूरी पार गर्दै दोस्रो स्थान तथा संजीव माझीले १८.२२ मिनेटमा दूरी पार गर्दै तेस्रो स्थान प्राप्त गरे।

महिलातर्फ, नेपाली सेनाकी लक्ष्मी खड्काले २२.२९ मिनेटमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरिन्। सशस्त्र प्रहरी बलकी ताराकुमारी गिरीले २३.२५ मिनेटमा दूरी पार गर्दै दोस्रो तथा रिता खड्काले २५.०२ मिनेटमा दूरी पार गर्दै तेस्रो स्थान प्राप्त गरिन्।

विजयी प्रतियोगीहरूलाई आगामी माघ १२ गते (जनवरी २६) अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा त्रिवि भन्सार कार्यालयमा आयोजना हुने विशेष समारोहमा नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिने नेपाल भन्सार एजेन्ट संघ काठमाडौंका अध्यक्ष होमनाथ धमलाले जानकारी दिए।

पुरस्कार राशिअनुसार प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।

चार किलोमिटर दौड प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय