+

राष्ट्रिय लिगमा मछिन्द्रको लगातार तेस्रो जित

२०८२ माघ  १० गते १७:४७ २०८२ माघ १० गते १७:४७
राष्ट्रिय लिगमा मछिन्द्रको लगातार तेस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मछिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइजलाई २-० ले पराजित गरेको छ।
  • मछिन्द्रले लगातार तेस्रो जित हासिल गरी शीर्ष स्थानको लालिगुराँससँग समान ९ अंक जोडेको छ।
  • सौरभ सुब्बा र जोनाथान जोरिल्लाले क्रमशः पहिलो र ७१औं मिनेटमा गोल गरेका थिए।

१० माघ, काठमाडौं । मछिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइजलाई शनिबार २-० ले पराजित गरेको छ ।

राष्ट्रिय लिगमा मछिन्द्रको यो लगातार तेस्रो जित हो र मछिन्द्रले शीर्ष स्थानको लालिगुराँस समान ९ अंक जोडेको छ । तर गोलअन्तरमा मछिन्द्र पछि रहँदै दोस्रोमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा मछिन्द्रका लागि सौरभ सुब्बा र जोनाथान जोरिल्लाले एक-एक गोल गरे ।

सौरभले पहिलो सकिन चार मिनेट अघि गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । जोनाथानले ७१औं मिनेटमा मछिन्द्रका लागि दोस्रो गोल गरे ।

राष्ट्रिय लिगमा प्लानिङ ब्वाइजको यो पहिलो हार हो । पहिलो खेलमै विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको प्लानिङ ब्वाइजले दोस्रो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी एफसीसँग बराबरी खेलेको थियो ।

राष्ट्रिय लिगमा आजै त्रिभुवन आर्मी एफसी र चित्लाङ एफसीबीच साँझ साढे ६ बजे दशरथ रंगशालमा खेल हुनेछ ।

तस्बीर : एन्फा

मछिन्द्र एफसी राष्ट्रिय लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय