News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा आज जिम्बाबेसँग त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि खेल्दैछ।
- नेपालले पहिलो दुई खेलमा पराजित भइसकेको छ र अब अघिल्लो चरणमा पुग्न बाँकी दुवै खेल जित्नुपर्ने आवश्यकता छ।
- नेपाल समूह 'बी' मा छ र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेको छ भने थाइल्यान्डको सम्भावना पनि बलियो छ।
१० माघ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज जिम्बाबेसँग खेल्दै छ । त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
नेपाल यसअघि खेलेका दुई खेलमा पराजित भएको छ । जिम्बाबेले भने ३ खेल खेल्दा ३ वटै खेल हारेको छ ।
नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।
नेपाली महिला क्रिकेट टोलीलाई अब अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राख्न बाँकी दुवै खेल जित्नुपर्ने आवश्यकता छ ।
नेपाल रहेको समूह ‘बी’ बाट नेदरल्यान्ड्स सुपर सिक्समा पुगिसकेको छ भने थाइल्यान्डको सम्भावना पनि बलियो देखिइसकेको छ ।
शनिबार विहान हुने थाइल्यान्ड र स्कटल्यान्डबीचको खेलपछि समिकरण अझ क्लियर हुनेछ ।
जिम्बाबे महिला टी-२०आई वरियतामा १५औं स्थानमा छ । नेपाली टोली २१औं स्थानमा छ । जिम्बाबेले पनि नेपालजस्तै हालसम्म महिला टी-२० विश्वकप खेलेको छैन ।
जिम्बाबेले अफ्रिका छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो ।
नेपालको टोली : इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, मनिषा उपाध्याय, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, रोमा थापा, कविता जोशी, राजमती ऐरी
प्रतिक्रिया 4