News Summary
Generated by OK AI. Editorially reviewed.- सिड्नी सिक्सर्सले होबार्ट हरिकेन्सलाई ५७ रनले हराउँदै अस्ट्रेलियन बिग ब्यास लिगको फाइनलमा प्रवेश गरेको छ।
- सिड्नीले दिएको १९९ रनको लक्ष्य पछ्याएको होबार्ट १४१ रनमा अलआउट भयो।
- आइतबार सिड्नी सिक्सर्स र पर्थ स्कोर्चर्सबीच फाइनल खेल हुनेछ।
९ माघ, काठमाडौं । सिड्नी सिक्सर्स अस्ट्रेलियन बिग ब्यास लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको च्यालेन्जर खेलमा होबार्ट हरिकेन्सलाई ५७ रनले हराउँदै सिड्नीले पर्थ स्कोर्चर्ससँगको फाइनल भेट पक्का गरेको हो ।
सिड्नीले दिएको १९९ रनको लक्ष्य पछ्याएको होबार्ट १७.२ ओभरमा १४१ रनमा अलआउट भयो । कप्तान बेन म्याक्डरमोटले सर्वाधिक ४० रन बनाए । बिउ वेबस्टरले २४ रन बनाए ।
सिड्नीका लागि बेन ड्वारशुइसले ३ विकेट लिए । मिचेल स्टार्क, जोएल डेभिस र शन एबटले २-२ विकेट लिँदा ज्याक एडवार्ड्सले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिड्नीले २० ओभरमा ८ विकेट गुमाएर १९८ रन बनाएको थियो ।
स्टिभ स्मिथले सर्वाधिक ६५ रन बनाए । जोएल डेभिसले १२ बलमा २७ रन बनाए । होबार्टका राइली मेरेडिथले ३ विकेट लिए । बिली स्टानलेक र रिशाद होसेनले २-२ विकेट लिए ।
यसअघि भएको क्वालिफायरमा सिड्नीलाई नै हराएर पर्थ फाइनल पुगिसकेको छ । यिनै टोलीबीच आइतबार फाइनल खेल हुनेछ ।
प्रतिक्रिया 4