News Summary
Generated by OK AI. Editorially reviewed.- श्री भगवती क्लबले राष्ट्रिय लिग फुटबलअन्तर्गत नव जनजागृति युथ क्लबलाई ५-१ गोलअन्तरले पराजित गरेको छ।
- श्री भगवतीका शिशिर लेखीले २ गोल गरे भने अजयी मार्टिन्स, सुवास बम र सेमान्त थापाले १-१ गोल गरे।
- नव जनजागृतिका विक्रम थोकरले ७७औं मिनेटमा सान्त्वना गोल गरे।
८ माघ, काठमाडौं । राजधानीमा जारी राष्ट्रिय लिग फुटबलअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा श्री भगवती क्लबले फराकिलो जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्री भगवतीले नव जनजागृति युथ क्लबलाई ५-१ गोलअन्तरले पराजित गरेको हो ।
श्री भगवतीको जितमा शिशिर लेखीले २ गोल गरे भने अजयी मार्टिन्स, सुवास बम र सेमान्त थापाले १-१ गोल गरे । नव जनजागृतिका लागि विक्रम थोकरले १ गोल फर्काए ।
खेलको दोस्रो मिनेटमा नै मार्टिनले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा पेनाल्टीमार्फत शिशिरले गोल गर्दै अग्रता दोब्बर पारे ।
४२औं मिनेटमा सुवासले गोल गर्दै टोलीलाई पहिलो हाफमा ३-० ले अगाडि राखे ।
दोस्रो हाफको ५३औं मिनेटमा सेमान्तले गोल गर्दै अग्रता चार गोलमा पुर्याए । ५७औं मिनेटमा शिशिरले व्यक्तिगत दोस्रो गोल गरेपछि श्री भगवती ५-० ले अगाडि बढ्यो ।
७७औं मिनेटमा विक्रमले नव जनजागृतिका लागि सान्त्वना गोल गर्दै अन्तर घटाए ।
लिगमा श्री भगवतीको यो पहिलो जित हो । श्री भगवतीले ३ खेलबाट ४ अंक जोडेको छ । बाराको नव जन जागृतिको भने यो लगातार तेस्रो हार हो ।
प्रतिक्रिया 4