+

इंग्ल्यान्डसँगको पहिलो ओडिआईमा श्रीलंकाको जित

२०८२ माघ  ९ गते ८:०१ २०८२ माघ ९ गते ८:०१
इंग्ल्यान्डसँगको पहिलो ओडिआईमा श्रीलंकाको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रीलंकाले इंग्ल्यान्डसँगको ओडिआई शृंखलाको पहिलो खेल १९ रनले जितेको छ।
  • कोलोम्बोस्थित आर. प्रेमदासा रंगशालामा भएको खेलमा इंग्ल्यान्ड ४९.२ ओभरमा २५२ रनमा अलआउट भयो।
  • श्रीलंकाका दिलशान मधुशन्काले ३ विकेट लिए भने कुशल मेन्डिसले सर्वाधिक अविजित ९३ रन बनाए।

९ माघ, काठमाडौं । श्रीलंकाले इंग्ल्यान्डसँगको ओडिआई शृंखलाअन्तर्गत पहिलो खेल जितेको छ ।

बिहीबार कोलोम्बोस्थित आर. प्रेमदासा रंगशालामा भएको खेलमा श्रीलंका १९ रनले विजयी भएको हो । श्रीलंकाले दिएको २७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४९.२ ओभरमा २५२ रनमा अलआउट भयो ।

इंग्ल्यान्डका लागि बेन डकेटले सर्वाधिक ६२ र जो रुटले ६१ रन बनाए । अन्त्यतिर जेमी ओभर्टनले १७ बलमा ३४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

श्रीलंकाका लागि दिलशान मधुशन्काले ३ विकेट लिए । दुनिथ वेलालगे र जेफरे वेन्डरसेले २-२ तथा असिथा फर्नान्डो, धनन्जय डा सिल्भा र चरिथ असलंकाले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २७१ रन बनाएको थियो । कुशल मेन्डिसले सर्वाधिक अविजित ९३ रन बनाए भने जनिथ लियानागेले ४६ रन जोडे ।

इंग्ल्यान्डका लागि आदिल रसिदले ३ विकेट लिए । साम करान, लियाम डसन र रेहान अहमदले १-१ विकेट लिए ।

इंग्ल्यान्ड क्रिकेट ओडिआई शृंखला श्रीलंका क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय