News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघको राष्ट्रिय लिगमा सहभागी चित्लाङ एफसी र नव जनजागृति क्लबले स्पार्क हेल्थ होमसँग सहकार्य गरेका छन्।
- स्पार्क हेल्थ होमले प्रतियोगिता अवधिभर दुवै क्लबका घाइते खेलाडीलाई निःशुल्क उपचार र फिजियोथेरापिस्ट उपलब्ध गराउनेछ।
- स्पार्क हेल्थ होमका निर्देशक रुपेश अधिकारीले आगामी प्रतियोगितामा पनि सहकार्य निरन्तरता दिने योजना रहेको बताउनुभयो।
८ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सञ्चालित राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सहभागी दुई क्लब चित्लाङ एफसी र नव जनजागृति क्लबले स्पार्क हेल्थ होमसँग सहकार्य गरेका छन् ।
बिहीबार आयोजित एक कार्यक्रममा स्पार्क हेल्थ होमका निर्देशक रुपेश अधिकारी, चित्लाङ एफसीका अध्यक्ष सुगन तन्दुकार र नव जनजागृति क्लबका अध्यक्ष रामचन्द्र लामाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार, स्पार्क हेल्थ होमले प्रतियोगिता अवधिभर दुवै क्लबका कुनै पनि खेलाडी घाइते भएमा उनीहरूको निःशुल्क उपचार गर्नेछ । साथै, प्रतियोगिताका खेलहरू दौरान क्लबका लागि फिजियोथेरापिस्ट पनि उपलब्ध गराउनेछ । यो सम्झौता राष्ट्रिय लिग अवधिभर कायम रहनेछ ।
स्पार्क हेल्थ होमका निर्देशक अधिकारीले आवश्यक परेमा आगामी प्रतियोगिताहरूमा पनि यो सहकार्यलाई निरन्तरता दिने योजना रहेको बताए ।
प्रतिक्रिया 4