News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय लिग फुटबलअन्तर्गत संकटा क्लब र फ्रेन्ड्स क्लबबीच भएको तेस्रो खेल गोलरहित बराबरीमा सकिएको छ।
- संकटाका टाय डानिएलले पहिलो हाफमै रातो कार्ड पाएपछि संकटाले दोस्रो हाफ दस खेलाडीमा खेलेको थियो।
- संकटाले ३ खेलबाट ५ अंक जोडेको छ भने फ्रेन्ड्सले ३ खेलबाट ४ अंक जोडेको छ।
८ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत बिहीबार भएको तेस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् ।
च्यासल रंगशालामा भएको खेलमा संकटा र फ्रेन्ड्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
टाय डानिएलले पहिलो हाफमै रातो कार्ड पाएपछि संकटाले दोस्रो हाफ दस खेलाडीमा रहेर खेलेको थियो ।
लिगमा दोस्रो बराबरी खेलेको संकटाले ३ खेलबाट ५ अंक जोडेको छ भने यसअघि एक जित र एक हारको नतिजा निकालेको फ्रेन्ड्सले ३ खेलबाट ४ अंक जोडेको छ ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर





प्रतिक्रिया 4