News Summary
Generated by OK AI. Editorially reviewed.- आईटीएफ नेपालका तीन सदस्यीय टोली जनवरी २४ देखि २६ सम्म भारतको बंगलोरमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा प्रशिक्षक तालिममा सहभागी हुन बिहीबार भारत प्रस्थान गरेको छ।
- प्रतियोगितामा नेपाल, भारत, मलेसिया, बेलायत र अफगानिस्तानका खेलाडी तथा प्रशिक्षकहरू सहभागी हुनेछन् र आस्तिक नकर्मीले व्यक्तिगत स्पायरिङ ७० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।
- आईटीएफ नेपालका संस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेतले तालिममा सहायक र प्रतियोगितामा निर्देशकको भूमिका निर्वाह गर्नेछन्।
८ माघ, काठमाडौं । भारतको बंगलोरमा यही जनवरी २४ देखि २६ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता तथा अन्तर्राष्ट्रिय प्रशिक्षक तालिममा सहभागी हुने तेक्वान्दो आईटीएफ नेपालका तीन सदस्यीय टोली बिहीबार भारत प्रस्थान गरेको छ ।
प्रतियोगितामा नेपाल, भारत, मलेसिया, बेलायत तथा अफगानिस्तानका खेलाड़ी तथा प्रशिक्षकहरूको सहभागीता हुनेछ । जहाँ आईटीएफ नेपालका खेलाडी एवं सहायक प्रशिक्षक आस्तिक नकर्मीले व्यक्तिगत स्पायरिङ अन्तर्गत ७० केजी तौल समूहमा र तेस्रो डान प्याटर्नमा प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै शान्त कुमार राना मगरले ६५ केजी तौल समूह तथा दोस्रो डान प्याटर्नमा प्रतिस्पर्धा गर्ने छन् ।
यसैगरी अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष ग्रांन्ड मास्टर ट्रेवर निकोल्सले २४ र २५ तारिखमा सञ्चालन गर्ने तालिममा आईटीएफ नेपालका संस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेतले सहायकको भूमिका निर्वाह गर्नेछन् ।
उनले जनवरी २६ मा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगीतामा निर्देशकको भूमिका निर्वाह गर्नेछन् ।
सहभागी टोली लाई ताईक्वाण्डो आईटीएफ नेपालका खेलाडी एवं प्रशिक्षकहरूले बिदाइ गरेका थिए ।
प्रतिक्रिया 4