+

राष्ट्रिय लिग फुटबलमा एपीएफको लगातार दोस्रो जित

२०८२ माघ  ८ गते १४:४२ २०८२ माघ ८ गते १४:४२
राष्ट्रिय लिग फुटबलमा एपीएफको लगातार दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एपीएफ एफसीले राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडलाई ४-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।
  • एपीएफका लागि युवराज खड्काले दुई तथा समिराज थोकर र प्रदिप लामाले एक-एक गोल गरे भने चर्च ब्वाइजका मिलन राईले एक गोल फर्काए।
  • राष्ट्रिय लिगमा एपीएफ, लालिगुराँस एसोसिएसन र मछिन्द्र एफसीले समान ६ अंक जोडेका छन् र दुई खेल जितेका छन्।

८ माघ, काठमाडौं । विभागीय टोली एपीएफ एफसीले राष्ट्रिय लिग फुटबलमा उपाधि दाबेदार चर्च ब्वाइज युनाइटेडले ४-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।

च्यासल रंगशालमा बिहीबार भएको खेलमा एपीएफका लागि युवराज खड्काले दुई तथा समिराज थोकर र प्रदिप लामाले एक-एक गोल गरे । चर्च ब्वाइजका लागि मिलन राईले एक गोल फर्काए ।

समिराजले २२औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । प्रदिपले ३८औं मिनेटमा एपीएफको अग्रता दोब्बर पारे ।

युवराज खड्काले ६०औं र ७७औं मिनेटमा गोल गरे । चर्च ब्वाइजका मिलन राईले ८२औं मिनेटमा एक गोल फर्काए ।

राष्ट्रिय लिगमा एपीएफसँगै लालिगुराँस एसोसिएसन र मछिन्द्र एफसीले मात्र लगातार दुई खेल जित्दै शतप्रतिशत नतिजा निकालेको छ ।

दुई खेलबाट एपीएफसहित तीनवटै टिमले समान ६ अंक जोडेका छन् । लालिगुराँस र एपीएफले दुई खेल जित्दा समान ५ गोल गरेका छन् र १ गोल व्यहोरेका छन् ।

एपीएफ फुटबल क्लब चर्च ब्वाइज युनाइटेड राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय