News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेश क्रिकेट बोर्डले भारतमा टी–२० विश्वकप खेल्न नजाने र खेलहरू श्रीलंकामा सार्नुपर्ने माग कायम राखेको छ।
- बीसीबी अध्यक्ष अमिनुल इस्लामले 'आईसीसीले दिएको २४ घण्टे समयसीमा स्वीकार्य हुँदैन' भनेका छन्।
- सरकारका खेलकुद सल्लाहकार आसिफ नजरुलले भारत नजाने निर्णय सरकारकै भएको उल्लेख गर्नुभएको छ।
८ माघ, काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी), राष्ट्रिय टिमका खेलाडीहरू र सरकारका खेलकुद सल्लाहकारबीच ढाकामा भएको बैठकपछि पनि बंगलादेशले टी-२० विश्वकप भारतमा खेल्न नजाने अडान कायमै राखेको छ ।
बंगलादेशले भारतमा टी–२० विश्वकपका खेलहरू नखेल्ने र आफ्ना सबै खेलहरू श्रीलंकामा सार्नुपर्ने माग कायम राखेको हो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बीसीबी अध्यक्ष अमिनुल इस्लामले भने, ‘हामी श्रीलंकामा खेल्ने योजनासहित आईसीसीसमक्ष फेरि जानेछौं। आईसीसीले दिएको २४ घण्टे समयसीमा स्वीकार्य हुँदैन। २० करोड बंगलादेशी दर्शकले विश्वकप हेर्न नपाउने अवस्था आयो भने त्यो आईसीसीकै घाटा हुनेछ।’
सरकारका खेलकुद सल्लाहकार आसिफ नजरुलले भने, ‘हामी आशावादी छौं कि आईसीसीले हामीलाई श्रीलंकामा खेल्ने अवसर दिनेछ। भारत नजाने निर्णय सरकारकै हो।’
यसअघि बुधबार भएको आईसीसी बोर्ड बैठकपछि आईसीसीले बीसीबीका सुरक्षा चिन्तालाई अस्वीकार गर्दै, भारतमा खेल्न अस्वीकार गरे बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर अर्को टिमलाई मौका दिने चेतावनी दिएको थियो।
तर, पछिल्लो बैठक र पत्रकार सम्मेलनपछि पनि बंगलादेश भारतमा खेल नखेल्ने र खेलहरू श्रीलंकामा सार्ने मागमा अडिग रहेको छ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल टोली कोलकाता नाइट राइडर्सबाट बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई टिमबाट रिलिज गर्न निर्देशन दिएपछि यो विवाद सुरु भएको थियो ।
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4