+

टी–२० विश्वकप : बंगलादेशको स्थानमा खेल्नेबारे स्कटल्यान्डलाई छैन जानकारी

२०८२ माघ  ६ गते ७:४० २०८२ माघ ६ गते ७:४०
टी–२० विश्वकप : बंगलादेशको स्थानमा खेल्नेबारे स्कटल्यान्डलाई छैन जानकारी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसीले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई पुरुष टी–२० विश्वकपमा समावेश गर्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन।
  • बंगलादेश क्रिकेट बोर्डले भारत र बंगलादेशबीचको राजनीतिक तनावका कारण आफ्ना खेलहरू अन्यत्र सार्न अनुरोध गरेको छ, तर आईसीसीले खेल नसरिने बताएको छ।
  • स्कटल्यान्ड क्रिकेट अधिकारीहरूले बंगलादेशप्रति सम्मान जनाउँदै कुनै पहल नगर्ने तर आईसीसीले बोलाए विश्वकप खेल्न तयार रहेको बताएका छन्।

६ माघ, काठमाडौं । आगामी महिना भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपमा बंगलादेश सहभागी नहुन सक्ने चर्चाका बीच स्कटल्यान्डलाई भने सहभागिताबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको खुलेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई समावेश गर्ने विषयमा कुनै सम्पर्क नगरेको बीबीसी स्पोर्ट्समा उल्लेख छ। यसअघि क्रिकइन्फोले बंगलादेश विश्वकप खेल्न भारत नगएको अवस्थामा स्कटल्यान्डलाई मौका दिन सक्ने रिपोर्ट सार्वजनिक गरेको थियो ।

भारत र बंगलादेशबीचको राजनीतिक तनावका कारण बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आफ्ना खेलहरू अन्यत्र सार्न आईसीसीलाई अनुरोध गरेपनि आईसीसीले खेल नसर्ने बताइसकेको छ । बंगलादेशलाई सहभागिताबारे निर्णय लिन बुधबारसम्मको समयसीमा छ ।

स्कटल्यान्ड क्रिकेटका अधिकारीहरूले पनि बंगलादेशप्रति सम्मान जनाउँदै आफूले कुनै पहल नगर्ने बताएका छन् । यद्यपी आईसीसीले नै बोलाएको अवस्थामा भने खेल्न तयार रहेको बताएको छ ।

स्कटल्यान्ड विश्वकपमा सहभागी नभएका टिमहरूमध्ये सबैभन्दा उच्च वरियतामा रहेको टोली हो। त्यही आधारमा स्कटल्यान्ड छनोट नभएपनि विश्‍वकप खेल्न सक्ने चर्चा छ ।

यसअघि सन् २००९ मा जिम्बाब्वे विश्वकपबाट हट्दा स्कटल्यान्डले स्थान पाएको उदाहरण पनि छ। तर अहिले क्षेत्रीय छनोट प्रणाली भएकाले निर्णय आईसीसीको विवेकमा रहने बताइएको छ।

आईसीसी टी-२० विश्वकप स्कटल्यान्ड क्रिकेट टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय