+

महिला टी-२० विश्‍वकप ग्लोबल छनोटमा आज पनि चार खेल हुँदै

२०८२ माघ  ६ गते ६:३५ २०८२ माघ ६ गते ६:३५
महिला टी-२० विश्‍वकप ग्लोबल छनोटमा आज पनि चार खेल हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा आज ४ खेल हुँदैछन्।
  • त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे पपुवा न्युगिनी र बंगलादेशबीच खेल हुनेछ।
  • माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे थाइल्यान्ड र जिम्बाबेबीच खेल हुनेछ।

६ माघ, काठमाडौं । आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटमा आज चार खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान र माथिल्लो मुलपानी क्रिकेट मैदानमा २-२ खेल हुनेछन् ।

विहान ९ बजे त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी र बंगलादेश खेल्नेछन् । पपुवा न्युगिनी पहिलो खेलमा आयरल्यान्डसँग पराजित भएको थियो भने बंगलादेशले अमेरिकालाई हराएको थियो ।

यस्तै माथिल्लो मुलपानी क्रिकेट मैदानमा विहान ९ बजे थाइल्यान्ड र जिम्बाबेबीच खेल हुनेछ । थाइल्यान्डले पहिलो खेलमा नेपाललाई हराएको थियो । जिम्बाबे भने नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

त्यसैगरी दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच खेल हुनेछ भने मुलपानीमा नामिबिया र अमेरिकाबीच खेल हुनेछ ।

नेपालले भने आफ्नो दोस्रो खेल बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

महिला टी-२० विश्वकप ग्लोबल छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय