News Summary
Generated by OK AI. Editorially reviewed.- म्यान्चेस्टर सिटीले चेल्सीलाई १–० ले पराजित गर्दै इंग्लिस एफए कप फुटबलको उपाधि जितेको छ।
- खेलको ७२औं मिनेटमा एन्टोइन सेमेन्योले गरेको एकमात्र गोलले सिटीलाई जित दिलायो।
- सिटीका कप्तान बर्नार्डोले २० वटा ट्रफी जितेको र म्यान्चेस्टर सिटीप्रति धेरै माया रहेको बताए।
२ जेठ, काठमाडौं । म्यान्चेस्टर सिटीले चेल्सीलाई १–० ले पराजित गर्दै इंग्लिस एफए कप फुटबलको उपाधि जितेको छ ।
वेम्बलीमा शनिबार राति भएको फाइनलमा खेलको ७२औं मिनेटमा एन्टोइन सेमेन्योले गरेको एकमात्र गोल नै सिटीको जितका लागि निर्णायक बन्यो । उनको गोलमा एर्लिङ हालान्डले असिस्ट गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा सिटीले दबाब बढाउँदै अन्ततः सेमेन्योमार्फत विजयी गोल निकाल्यो ।
उपाधि जितसँगै सिटीका कप्तान बर्नार्डो भावुक देखिए । खेलपछि बीबीसीसँग कुरा गर्दै उनले भने, ‘म यहाँ आएदेखि २० वटा ट्रफी जित्यौं, त्यो नराम्रो होइन । मलाई म्यानचेस्टर सिटीप्रति धेरै माया छ । प्रशिक्षकसँग बिताएका यी सबै क्षणहरू अविस्मरणीय छन् ।’
यो सिटीको आठौं एफए कप उपाधि हो ।
प्रतिक्रिया 4