News Summary
Generated by OK AI. Editorially reviewed.- नेदरल्यान्ड्सले जिम्बाबेलाई २२ रनले हराउँदै आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह 'बी' मा २ अंक जोडेको छ।
- जिम्बाबेका न्याशा ग्वानजुराले सर्वाधिक २७ रन बनाएकी थिइन् भने नेदरल्यान्ड्सका इसाबेल भान डर वोनिङले २ विकेट लिए।
- समूह 'ए' मा बंगलादेशले अमेरिकालाई २२ रनले र आयरल्यान्डले पीएनजीलाई ४१ रनले पराजित गरेको छ।
४ माघ, काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आइतबार भएको समूह ‘बी’ को दोस्रो खेलमा नेदरल्यान्ड्सले जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले जिम्बाबेलाई २२ रनले हराएको हो । नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य पछ्याएको जिम्बाबेले २० ओभरमा ८ विकेट गुमाएर १०० रन मात्र बनाउन सक्यो ।
जिम्बाबेका लागि न्याशा ग्वानजुराले सर्वाधिक २७ रन बनाइन् । चिद्जा धुरुरुले १६ रन बनाइन् । नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले २ विकेट लिँदा आइरिस ज्विलिङ, रोबिन रिके, कारोलिन डे लाङ र फ्रेडरिक ओभरडाइकले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स १९ ओभरमा १२२ रनमा अलआउट भएको थियो। फेबे मोल्कनबरले २७ तथा स्टेर कालिसले २६ रन बनाएकी थिइन् । जिम्बाबेका क्रिस्ताबेल चातोन्जाले ५ विकेट लिइन् भने कुजाइ चिगोरा, जोसेफिन नकोमो, अद्रे माजविसया र लिन्दोकुल माभेरोले १-१ विकेट लिए ।
नेपाल रहेकै समूह ‘बी’ मा रहेको नेदरल्यान्ड्सले जितसँगै २ अंक जोडेको छ । यही समूहअन्तर्गत विहान भएको खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो । अब बिहीबार नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै आजै माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा बंगलादेश र आयरल्यान्डले पनि जित निकालेका छन् ।
समूह ‘ए’ अन्तर्गतको खेलमा बंगलादेशले अमेरिकालाई २१ रनले पराजित गरेको हो भने आयरल्यान्डले पीएनजीलाई ४१ रनले हराएको हो ।
प्रतिक्रिया 4