+

राष्ट्रिय लिग फुटबल : जावलाखेल र एपीएफको जित

२०८२ माघ  ४ गते १७:४२ २०८२ माघ ४ गते १७:४२
राष्ट्रिय लिग फुटबल : जावलाखेल र एपीएफको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लिग फुटबलअन्तर्गत जावलाखेल युथ क्लबले श्री भगवती क्लबलाई ४-० गोलअन्तरले हराएको छ।
  • एपीएफ क्लबले फ्रेन्ड्स क्लबलाई १-० ले हराउँदै पहिलो जित हात पारेको छ।
  • जावलाखेलका निकोलस ह्यामिल्टन र धर्मेन्द्र कुँवरले दुई दुई गोल गरेका थिए।

४ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत आइतबार भएका खेलमा जावलाखेल युथ क्लब र एपीएफ क्लब विजयी भएका छन् ।

एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले श्री भगवती क्लबलाई ४-० गोलअन्तरले हराएको हो ।

जावलाखेलको जितमा निकोलस ह्यामिल्टन र धर्मेन्द्र कुँवरले दुई दुई गोल गरे ।

खेल सुरु भएको ३३ सेकेण्डमै ह्यामिल्टनले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । त्यसपछि धर्मेन्द्रले चौथो मिनेटमा गोल गर्दै सुरुमै २-० को अग्रता दिलाए । धर्मेन्द्र ५७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेलको अग्रता ३-० बनाए । ह्यामिल्टनले इन्जुरी टाइममा गोल गरेपछि जावलाखेलले सानदार जित हात पारेको हो ।

पहिलो खेलमा लालिगुराँस एसोसिएसनसँग १-० ले पराजित भएको जावलाखेलले पहिलो जितपछि ३ अंक जोडेको छ ।

यस्तै च्यासल स्टेडियममा भएको खेलमा एपीएफले फ्रेन्ड्स क्लबलाई १-० ले हरायो । एपीएफ आत्मघाती गोल मद्दतले ३ अंक जोड्न सफल भयो । फ्रेण्ड्सका खेमराज श्रेष्ठले २५औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

एपीएफले पहिलो खेलमै जित हात पारेको हो भने फ्रेण्ड्सको यो पहिलो हार हो ।

फ्रेण्ड्सले पहिलो खेलमा कांक्रेविहार युवा क्लबलाई पराजित गरेको थियो ।

राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय