+

राष्ट्रिय लिगमा मछिन्द्रको लगातार दोस्रो जित, मनाङ मर्स्याङ्दीको दोस्रो हार

२०८२ माघ  ५ गते २१:१५ २०८२ माघ ५ गते २१:१५
राष्ट्रिय लिगमा मछिन्द्रको लगातार दोस्रो जित, मनाङ मर्स्याङ्दीको दोस्रो हार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मछिन्द्र क्लबले राष्ट्रिय लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।
  • लालिगुराँस एसोसिएसनसँग समान ६ अंक जोडेर मछिन्द्र दोस्रो स्थानमा उक्लिएको छ, गोल अन्तरमा लालिगुराँस शीर्ष स्थानमा छ।
  • मंगलबार नेपाल पुलिस क्लब र चित्लाङ एफसीबीच बिहान ११ बजे, प्लानिङ ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी एफसीबीच दिउँसो ३ बजे खेल हुनेछ।

५ माघ, काठमाडौं । मछिन्द्र क्लबले राष्ट्रिय लिग फुटबलमा सोमबार मनाङ मर्स्याङ्दी क्लबलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।

मनाङ मर्स्याङ्दीको भने यो लगातार दोस्रो हार हो ।

मछिन्द्रले लालिगुराँस एसोसिएसन समान ६ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । समान अंक भएपनि लालिगुराँस गोल अन्तरमा शीर्ष स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा सनिश श्रेष्ठले आठौं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए ।

तर पहिलो हाफको इन्जुरी टाइममा मनाङका लागि विशेष लामाले बराबरी गोल गर्दै खेल रोमाञ्चक बनाएका थिए ।

दोस्रो हाफमा मछिन्द्रले एक गोल गर्दै ३ अंक जोड्यो । जोनाथान जोरिलाले ५७औं मिनेटमा निर्णायक गोल गरे ।

सोमबार भएको पहिलो खेलमा कास्कीको लालिगुराँसले बाराको नव जनजागृतिलाई ४-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।

यस्तै एनआरटीले पनि सातदोबाटो युथ क्लबलाई ३-१ ले पराजित गर्दै पहिलो जित हात पारेको छ ।

लिगमा मंगलबार दुई खेल हुनेछ ।  पहिलो खेल नेपाल पुलिस क्लब र चित्लाङ एफसीबीच बिहान ११ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेल प्लानिङ ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी एफसीबीच दिउँसो ३ बजे सुरु हुनेछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेम्स मैदानमा हुनेछ ।

तस्बीर: एन्फा

 

राष्ट्रिय लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय