News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कराते टोली ऐतिहासिक पदक विजेता एरिका गुरुङसहित डब्लुकेएफ कराते वान प्रिमियर लिगमा सहभागी हुन टर्कीको इस्तानबुल जाँदै छ।
- टोलीमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ र राष्ट्रिय रेफ्री कमिशन सदस्य तारा गुरुङ पनि छन्।
- नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल कराते महासंघका महासचिव दावा गुरुङले टोलीलाई औपचारिक रूपमा बिदाइ गरेका छन्।
५ माघ, काठमाडौं । टर्कीको इस्तानबुलमा आयोजना हुने डब्लुकेएफ कराते वान प्रिमियर लिगमा सहभागिता जनाउन ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङसहित नेपाली कराते टोली टर्की जाँदै छ ।
टोलीमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ तथा राष्ट्रिय रेफ्री कमिशन सदस्य एवं अन्तर्राष्ट्रिय रेफ्री तारा गुरुङ पनि सामेल छन् । नेपाली टोली मंगलबार टर्कीको इस्तानबुल प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
टोलीलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल कराते महासंघका महासचिव दावा गुरुङले औपचारिक रूपमा बिदाइ गरेका छन् ।
प्रतिक्रिया 4