+

दक्षिण अफ्रिकाको टी-२० विश्वकप टोलीमा दुई परिवर्तन, रिकेल्टन र स्टब्स भित्रिए

२०८२ माघ  ८ गते २०:०९ २०८२ माघ ८ गते २०:०९
दक्षिण अफ्रिकाको टी-२० विश्वकप टोलीमा दुई परिवर्तन, रिकेल्टन र स्टब्स भित्रिए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण अफ्रिकाका ब्याटर टोनी डे जोरजी र डोनोभन फेरेइरा चोटका कारण आगामी आईसीसी टी-२० विश्वकप २०२६ बाट बाहिरिएका छन्।
  • डे जोरजी दायाँ ह्यामस्ट्रिङ चोटका कारण भारतविरुद्धको एकदिवसीय सिरिज र टी-२० विश्वकप गुमाउने भएका छन्।
  • फेरेइराको स्थानमा रायन रिकेल्टन र ट्रिस्टन स्टब्सलाई विश्वकप टोलीमा समावेश गरिएको छ।

८ माघ, काठमाडौं । चोटका कारण दक्षिण अफ्रिकाका ब्याटर टोनी डे जोरजी र डोनोभन फेरेइरा आगामी आईसीसी टी-२० विश्वकप २०२६ बाट बाहिरिएका छन्।

यसअघि घोषित दक्षिण अफ्रिकी टोलीमा परेका डे जोर्जी र फेरेइरा अब वेस्ट इन्डिजसँगको टी-२० शृंखलादेखि विश्वकपसम्मै गुमाउने भएको दक्षिण अफ्रिकी क्रिकेट बोर्डले जनाएको छ ।

डे जोर्जी भारतविरुद्धको एकदिवसीय सिरिजका क्रममा लागेको दायाँ ह्यामस्ट्रिङ चोटबाट अझै पूर्ण रूपमा निको नभएकाले सिरिज र टी–२० विश्वकप दुवै गुमाउने भएका छन्।

फेरेइरा भने एसए टी-२० अन्तर्गत जनवरी १७ मा जोहानेसबर्ग सुपर किङ्स र प्रिटोरिया क्यापिटल्सबीचको खेलमा बाँया कन्धाको हड्डी (क्लाभिकल) भाँचिएपछि टोलीबाट बाहिरिएका हुन्।

उनीहरूको स्थानमा रायन रिकेल्टन र ट्रिस्टन स्टब्सलाई विश्वकप खेल्ने १५ सदस्यीय टोलीमा समावेश गरिएको छ।

यसैबीच, डेभिड मिलर पनि पार्ल रोयल्सबाट खेल्ने क्रममा एडडक्टर मांसपेशीमा चोट लागेपछि वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज खेल्ने छैनन्।

उनको टी–२० विश्वकप खेल्ने वा नखेल्ने निर्णय फिटनेस परीक्षणपछि मात्र हुनेछ। मिलरको स्थानमा रुबिन हर्मानलाई वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि टोलीमा राखिएको छ।

दक्षिण अफ्रिका क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय