+

शमार स्प्रिङ्गरको ह्‍याट्रिकमा वेस्ट इन्डिजको सान्त्वना जित

२०८२ माघ  ९ गते ८:१६ २०८२ माघ ९ गते ८:१६
शमार स्प्रिङ्गरको ह्‍याट्रिकमा वेस्ट इन्डिजको सान्त्वना जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वेस्ट इन्डिजका शमार स्प्रिङ्गरले १९औं ओभरमा ह्याट्रिक लिएपछि अफगानिस्तानसँगको टी–२० शृंखला क्लिन स्वीप हुनबाट जोगाएको छ।
  • तीन खेलको शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १५ रनले पराजित गरेको छ।
  • अफगानिस्तानले दिएको १५२ रनको लक्ष्य पछ्याउँदा २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो।

९ माघ, काठमाडौं । शमार स्प्रिङ्गरले १९औं ओभरमा ह्‍याट्रिक लिएपछि वेस्ट इन्डिजले अफगानिस्तानसँगको टी–२० शृंखला क्लिन स्वीप हुनबाट जोगाएको  छ ।

तीन खेलको शृंखलाअन्तर्गत बिहीबार दुबईमा भएको अन्तिम खेलमा अफगानिस्तानलाई १५ रनले पराजित गर्दै वेस्टइन्डिजले सान्त्वना जित हासिल गरेको हो ।

वेस्ट इन्डिजले दिएको १५२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रनमै सीमित भयो । अफगानिस्तानका लागि रहमानुल्लाह गुर्बाजले सर्वाधिक ७१ रन बनाए ।

इब्राहिम जद्रानसँग मिलेर गुरबाजले ७२ रनको राम्रो ओपनिङ साझेदारी गरेपछि अफगानिस्तान जिततर्फ अग्रसर देखिएको थियो । तर १९औं ओभरमा शमार स्प्रिङ्गरले लगातार तीन बलमा गुर्बाज, राशिद खान र शाहिदुल्लाहलाई आउट गर्दै ह्‍याट्रिक पूरा गरेपछि खेलको मोड पूर्ण रूपमा वेस्ट इन्डिजतर्फ फर्कियो ।

उक्त ओभरमा केवल ५ रन खर्चेर स्प्रिङ्गरले अफगानिस्तानको जितको सम्भावना समाप्त गरिदिए । वेस्ट इन्डिजका लागि शमार स्प्रिङ्गरले ४ विकेट लिए भने म्याथ्यु फोर्डे, खयारी पियरे र रामोन सिमोन्ड्सले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । ब्रान्डन किङले ४७ रन बनाए भने म्याथ्यु फोर्डले २७ रन जोडे ।

अफगानिस्तानका लागि जियाउर रहमान, अब्दुल्लाह अहमदजाइ र राशिद खानले २-२ विकेट हात पारे भने शाहिदुल्लाहले १ विकेट लिए ।

यसअघि भएका दुवै खेलमा अफगानिस्तान विजयी भएको थियो । शृंखला भने अफगानिस्तानले २-१ जितेको छ ।

अफगानिस्तान क्रिकेट टी-२०आई शृंखला वेस्ट इन्डिज क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय