News Summary
Generated by OK AI. Editorially reviewed.- न्युजिल्यान्डका पेस बलर एडम मिल्ने ह्यामस्ट्रिङ चोटका कारण २०२६ को टी–२० विश्वकपबाट बाहिरिएका छन्।
- उनको स्थानमा काइल जेमिसनलाई टिममा समावेश गरिएको छ र जेमिसन हाल भारत भ्रमणमा रहेको टोलीमै छन्।
- न्युजिल्यान्डले फेब्रुअरी ८ मा चेन्नईमा अफगानिस्तानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
९ माघ, काठमाडौं । न्युजिल्यान्डका पेस बलर एडम मिल्ने ह्यामस्ट्रिङ चोटका कारण २०२६ को टी–२० विश्वकपबाट बाहिरिएका छन् । उनको स्थानमा काइल जेमिसनलाई टिममा समावेश गरिएको छ ।
मिल्नेले एसए–२० लिगका क्रममा सनराइजर्स इस्टर्न केपबाट खेल्दा पहिलो ओभरमै चोट बोकेका थिए । स्क्यानपछि ह्यामस्ट्रिङमा गम्भीर चोट देखिएको न्यूजिल्यान्ड क्रिकेटले जनाएको छ ।
न्युजिल्यान्डका मुख्य प्रशिक्षक रोब वाल्टरले मिल्नेका लागि दुर्भाग्यपूर्ण समय भएको बताउँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनको स्थानमा टिममा आएका जेमिसन हाल भारत भ्रमणमा रहेको न्युजिल्यान्ड टोलीमै छन् र ट्राभलिङ रिजर्भबाट सिधै मुख्य टोलीमा समावेश गरिएका हुन् ।
न्युजिल्यान्डले टी–२० विश्वकपअघि थप एक ट्राभलिङ रिजर्भ खेलाडी पनि टोलीमा राख्ने जनाएको छ ।
न्युजिल्यान्डले फेब्रुअरी ८ मा चेन्नईमा अफगानिस्तानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
प्रतिक्रिया 4