News Summary
Generated by OK AI. Editorially reviewed.- सातदोबाटो युथ क्लबले राष्ट्रिय लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गरेको छ।
- सातदोबाटोका विदेशी खेलाडी फोडे फोफानाले ६१औं मिनेटमा निर्णायक गोल गरे।
- मनाङ मर्स्याङ्दीले लगातार तेस्रो हार व्यहोरेको छ र प्रशिक्षक नवीन महर्जनले टिम फर्मेसनमा संघर्ष भइरहेको बताए।
९ माघ, काठमाडौं । सातदोबाटो युथ क्लबले राष्ट्रिय लिग फुटबलमा शुक्रबार मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गरेको छ ।
जारी राष्ट्रिय लिगमा सातदोबाटोको यो पहिलो जित हो । यसअघि संकटा सँग बराबरी खेलेको सातदोबाटो एनआरटीसँग पराजित भएको थियो ।
दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोका लागि विदेशी खेलाडी फोडे फोफानाले ६१औं मिनेटमा निर्णायक गोल गरे ।

पहिलो जितपछि सातदोबाटोका मुख्य प्रशिक्षक बालगोपाल साहुखलले नतिजाबाट सन्तुष्ट रहेको बताए । ‘अघिल्लो दुई खेलमा नतिजा आएको थिएन । आजको जितबाट खुशी नै छाैं’ सातदोबाटोका प्रशिक्षक साहुखलले भने ।
मनाङ मर्स्याङ्दीको भने यो लगातार तेस्रो हार हो। पहिलो खेफमा त्रिभुवन आर्मी एफसीसँग ५-० को फराकिलो हार व्यहोरेको मनाङ दोस्रो खेलमा मछिन्द्र एफसीसँग २-१ ले पराजित भएको थियो ।
लगातार तेस्रो हारपछि मनाङका मुख्य प्रशिक्षक नवीन महर्जनले युवा टिम भएको र टिम फर्मेसनमा अझै संघर्ष गरिरहेको बताए । सातदोबाटोसँग गल्तीका कारण गोल खानुपरेको उनले बताए ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर





प्रतिक्रिया 4