News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली पुरुष क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकपको तयारीमा श्रीलंका 'ए' सँग तेस्रो अभ्यास खेल खेल्दैछ।
- नेपालले पहिलो दुई अभ्यास खेलमा पराजित भइसकेको छ र अन्तिम खेलमा जितको खोजीमा हुनेछ।
- अभ्यास खेलपछि नेपाली टोली भारत जान्छ र त्यहाँ मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग तीन अभ्यास खेल खेल्नेछ।
१० माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी-२० खेल खेल्दै छ ।
खेल कोल्ट्स मैदानमा दिउँसो हुनेछ । नेपाल यसअघिका दुवै अभ्यास खेलमा पराजित भएको छ । अन्तिम खेलमा नेपाल जितको खोजीमा हुनेछ ।
पहिलो अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो भने दोस्रो अभ्यास खेलमा ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
श्रीलंका ‘ए’ मा सिनियर टोलीबाट खेलिसकेका खेलाडीहरू पनि छन् । निरोशन डिक्वेला, लाहिरु उडारा, सहान अराकिगे, नुवानिदु फर्नान्डो, नुवान थुसाराजस्ता खेलाडीहरू खेलिरहेका छन् ।
आजको अभ्यास खेलपछि नेपाली टोली भारत जानेछ । भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल हुने तालिका छ ।
टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।
तस्वीर : क्यान
प्रतिक्रिया 4