News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल अस्ट्रेलियाको क्यानबेरामा स्केट विकास कार्यक्रममा सहभागी हुनेछन्।
- नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा महासचिव राजीव श्रेष्ठले खनाललाई क्यानबेरा प्रस्थान गर्नु अघि बिहीबार बिदाइ गरेका छन्।
- खनालले उक्त कार्यक्रममा प्राविधिक दक्षता अभिवृद्धि, प्रशिक्षण पद्धति सुदृढीकरण र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा केन्द्रित हुने जानकारी दिएका छन्।
१२ चैत, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल एक स्केटिङ कार्यक्रमका लागि अस्ट्रेलियाको क्यानबेरा जाने भएका छन् ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा महासचिव राजीव श्रेष्ठले नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाललाई क्यानबेरा प्रस्थान गर्नु अघि बिहीबार बिदाइ गरेका छन् ।
खनालले सन् २०२६ अप्रिल ३ देखि ९ सम्म सञ्चालन हुने स्केट विकास कार्यक्रममा सहभागिता जनाउने छन् ।
उक्त कार्यक्रम स्केटबोर्डिङ तथा स्केटिङ क्षेत्रमा प्राविधिक दक्षता अभिवृद्धि, प्रशिक्षण पद्धति सुदृढीकरण तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा केन्द्रित रहेको जनाइएको छ ।
खनाल शनिबार क्यानेबरा प्रस्थान गर्नेछन् ।
प्रतिक्रिया 4