News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका १६ वडाले चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
- बुधबारको फाइनलमा १६ वडाले काठमाडौं महानगरपालिका ६ वडालाई २–१ गोलले पराजित गरेको छ ।
- विजयी टिमलाई २ लाख र उपविजेता टिमलाई १ लाख नगद पुरस्कार दिइएको छ ।
२८ असोज, काठमाडौं । चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिका १६ वडाले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा कामपा ६ नं. वडालाई २–१ गोलले पराजित गर्दै १६ वडा च्याम्पियन बनेको छ ।
विजयी टिमका लागि आयुष कुँवर र रविन्द्र निरौलाले एक एक गोल गरे भने ६ वडाका लागि संयम घिमिरेले १ गोल गरे । फाइनल खेलमा रविन्द्र निरौला म्यानअफ दि म्याच भए ।
प्रतियोगितामा असिम गुरुङ सर्वाधिक गोलकर्ता बने भने सुदीप गरि उत्कृष्ट खेलाडी र संयम घिमिरे उत्कृष्ट गोलकिपर भएका थिए ।
विजयी टिमलाई २ लाख र उपविजेता टिमलाई १ लाख नगद पुरस्कार दिइएको थियो । नगद पुरस्कार त्यस्तै उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार जनही दश हजार रुपैयाँ प्रदान गरिएको थियो ।
प्रतियोगिताका विजयी टिमलाई बुधबार नै काठमाडौं महानगरपालिकाका २३ वडाका अध्यक्ष मचाराजा महर्जन, काठमाडौं महानगरपालिका १६ वडाका अध्यक्ष रोजिना श्रेष्ठ, २३ वडाका पूर्व अध्यक्ष पवित्र वज्राचार्यले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।
कामपा २३ वडा निवासी पूर्वमन्त्री तथा समाजसेवी प्रयागराज सिंह सुवालको स्मृतिमा काठमाडौं महानगरपालिका २३ वडाले चार वर्ष देखि प्रतियोगिता गर्दै आइरहेको अध्यक्ष महर्जनले बताए ।
प्रतिक्रिया 4