News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा भएको एक्स्ट्रिम मोटो एन्डुरो क्रस च्याम्पियनसिपमा महिलातर्फ सुरक्षा केसीले उपाधि जितेकी छन्।
- पुरुषतर्फ आशुतोष धन्जुले पहिलो स्थान हासिल गरेका छन् र पुरुषतर्फ ५३ तथा महिलातर्फ ७ राइडर सहभागी भएका थिए।
- प्रतियोगिता ४.८ किलोमिटर लामो ट्रयाकमा पुरुषले ७ र महिला राइडरले ५ राउन्ड पूरा गरे।
२९ चैत, काठमाडौं । पोखरामा भएको एक्स्ट्रिम मोटो एन्डुरो क्रस च्याम्पियनसिपमा महिलातर्फको उपाधि चर्चित मोटो भ्लगर सुरक्षा केसीले जितेकी छन् ।
पोखरा महानगरपालिका वडा नं २३, बाम्दी क्षेत्रमा शुक्रबार र शनिबार भएको च्याम्पियनसिपमा महिलातर्फ ६ जनालाई पछि पार्दै सुरक्षा च्याम्पियन बनेकी हुन् ।
च्याम्पियन बनेसँगै सुरक्षाले एक लाख रुपैयाँ पारिन् । सुरक्षाले निर्धारित दुरी ४२ मिनेट ५५.१ सेकेन्डमा पूरा गरिन् । सुस्मिता अधिकारी दोस्रो र उमादेवी तामाङ तेस्रो बनिन् । सुस्मिताले ५० हजार र उमादेवीले २५ हजार पाए ।
पुरुषतर्फ आशुतोष धन्जु पहिलो बने । विविदजंग थापा (एमआरबी) दोस्रो र राजेश मगर तेस्रो स्थानमा रहे । निर्धारित दुरी आशुतोषले ४७ मिनेट ३.१ सेकेन्ड, विविदजंगले ४९ मिनेट १४.५ सेकेन्ड र राजेशले ४९ मिनेट १९.३ सेकेन्डमा पूरा गरे । उनीहरुले क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार पुरस्कार पाए ।
प्रतियोगिता ४.८ किलोमिटर लामो विशेष ट्रयाकमा पुरुष र महिला दुवै विधामा खेल खेलाइएको थियो । फाइनलमा उक्त दुरी महिलातर्फ ५ पटक र पुरुषतर्फ ७ पटक राउन्ड लगाएपछि पूरा हुने व्यवस्था थियो ।
एड्भेन्चर स्पोर्टस् हब नेपालको आयोजना तथा पञ्चासे आदर्श क्लब र निल गगन युवा क्लबको सहआयोजनामा भएको च्याम्पियनसिपमा पुरुषतर्फ ५३ र महिलातर्फ ७ राइडर सहभागी भएका थिए ।
प्रतिक्रिया 4