+

डब्लुकेकेओ अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

२०८२ पुष  २१ गते ११:१० २०८२ पुष २१ गते ११:१०
डब्लुकेकेओ अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको राँचीमा जनवरी ३ र ४ मा सम्पन्न डब्लुकेकेओ अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले १५ पदक जितेका छन्।
  • नेपाली टोलीले ८ स्वर्ण, ३ रजत र ४ कास्य पदक जितेको छ र शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा सहभागी भएको थियो।
  • प्रतियोगितामा नेपाली रेफ्री र अफिसियलहरूको पनि सक्रिय सहभागिता रहेको थियो र यसले नेपालको क्योकुशिन सेईसिन कराँतेको पहिचान मजबुत बनाएको छ।

२४ पुस, काठमाडौं । भारतको राँचीमा जनवरी ३ र ४ मा सम्पन्न डब्लुकेकेओ अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। नेपाल क्योकुशिन-शेसिन करातेका खेलाडीहरूले विभिन्न तौल र उमेर समूहमा प्रतिस्पर्धा गर्दै कुल १५ पदक जित्न सफल भएका छन्।

नेपाली टोलीले ८ स्वर्ण, ३ रजत र ४ कास्य पदक आफ्नो नाममा गरेको हो। स्वर्ण पदक जित्नेमा शनि सिं, प्रविण माझी, भुपेन्द्र बहादुर ओली, निग्मल तामाङ, मञ्जु बीके, बिन्दु चौधरी, मनिता राई र अञ्जिला श्रेष्ठ रहेका छन्।

रजत पदक विजेतामा विकाश गुरुङ, बिष्णु थापा मगर र निशा केसी रहेका छन् भने कास्य पदक रबिन्द्र लोहार, अभय राउत, अनिशा गोले र प्रकृति लिगलले जितेका छन्।

उक्त प्रतियोगितामा नेपाली टोली विश्व क्योकुशिन काइ कराते फेडेरेसनका उपाध्यक्ष तथा नेपाल क्योकुशिन सेईसिन काइकान कराँते संघका अध्यक्ष शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा सहभागी भएको थियो। प्रतियोगितामा नेपाली रेफ्री र अफिसियलहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

नेपाली खेलाडीहरूको यस सफलताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्योकुशिन सेईसिन कराँतेको पहिचान थप मजबुत बनाएको छ। यस उपलब्धिले आगामी दिनमा नेपाली खेलाडीहरूलाई अझ राम्रो प्रदर्शन गर्न प्रेरणा दिने विश्वास गरिएको छ।

डब्लुकेकेओ अन्तर्राष्ट्रिय कराँते

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय