+

यलम्बर कप ब्याडमिन्टनको सेमिफाइनल समीकरण पूरा

२०८२ माघ  १६ गते १९:४० २०८२ माघ १६ गते १९:४०
यलम्बर कप ब्याडमिन्टनको सेमिफाइनल समीकरण पूरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नखिपोट युथ क्लबले आयोजना गरेको चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण शुक्रबार पूरा भएको छ।
  • प्रतियोगितामा ४ डबल्स र १ सिंगल्स गरी पाँच स्पर्धामा ३१४ खेलाडी सहभागी छन्।
  • कुल पुरस्कार राशी ५ लाख ५५ हजार रुपैयाँ रहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।

१६ माघ, काठमाडौं । नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भइरहेको चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण शुक्रबार पूरा भएको छ ।

प्रतियोगितामा समावेश पाँचै स्पर्धाको सेमिफाइनल समीकरण पूरा भएको हो ।

प्रतियोगितामा ४ डबल्स र १ सिंगल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । पुरुष डबल्स ‘ए’ डिभिजन र ‘बी’ डिभिजन, यु–१७ ब्वाइज सिंगल्स, महिला डबल्स र भेट्रान ४५ वर्षमाथि पुरुष डबल्सका सबै पदक विजेताले नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख ५५ हजार रुपैयाँ रहेको छ । ३ सय १४ खेलाडी सहभागी प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

यलम्बर कप ब्याडमिन्टन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय