News Summary
Generated by OK AI. Editorially reviewed.- नखिपोट युथ क्लबले आयोजना गरेको चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण शुक्रबार पूरा भएको छ।
- प्रतियोगितामा ४ डबल्स र १ सिंगल्स गरी पाँच स्पर्धामा ३१४ खेलाडी सहभागी छन्।
- कुल पुरस्कार राशी ५ लाख ५५ हजार रुपैयाँ रहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।
१६ माघ, काठमाडौं । नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भइरहेको चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण शुक्रबार पूरा भएको छ । प्रतियोगितामा समावेश पाँचै स्पर्धाको सेमिफाइनल समीकरण पूरा भएको हो ।
प्रतियोगितामा ४ डबल्स र १ सिंगल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । पुरुष डबल्स ‘ए’ डिभिजन र ‘बी’ डिभिजन, यु–१७ ब्वाइज सिंगल्स, महिला डबल्स र भेट्रान ४५ वर्षमाथि पुरुष डबल्सका सबै पदक विजेताले नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख ५५ हजार रुपैयाँ रहेको छ । ३ सय १४ खेलाडी सहभागी प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
ब्वाइज यु–१७ मा आर्मीका चारै खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन् । सुदेश राजकोटी, सदिप राई, दीप थिङ र सौर्य महर्जनले सेमिफाइनलमा स्थान सुरक्षित गरे । महिला डबल्समा एपीएफकी नविना राई र आयोजक नखिपोट युथ क्लबकी हाङमा सुब्बा, भक्तपुरकी सफी खत्री र एपीएफकी स्वर्लिम श्रेष्ठ, मेचीकी अन्जना राई र स्पोर्ट्स हबकी सीता राई तथा कास्कीका दिलाशा राणा र माया राणाको जोडी सेमिफाइनलमा पुगे ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा पीएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङ, युनिटीका आकाश छन्त्याल र आङ कुसाङ शेर्पा, कास्कीका प्रेमकुमार गुरुङ र शम्भु श्रेष्ठ तथा कीर्तिपुरका ए महर्जन र चन्द्रागिरीका आर पोखरेलले सेमिफाइनल यात्रा तय गरे ।
प्रतिक्रिया 4