+

बिन्दु, सीता र मनिषालाई अमरावती बुटिक होटलको सम्मान

२०८२ माघ  २८ गते १६:१२ २०८२ माघ २८ गते १६:१२
बिन्दु, सीता र मनिषालाई अमरावती बुटिक होटलको सम्मान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमरावती बुटिक होटल प्रालिले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने बिन्दु रावललाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको छ।
  • प्रतियोगितामा सर्वाधिक विकेट लिने सीता राना मगर र मनीषा उपाध्यायलाई जनही ३५ हजार नगद पुरस्कार प्रदान गरिएको छ।
  • अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले महिला खेलाडीहरूको मेहनत र समर्पणलाई कदर गर्दै आगामी दिनमा पनि हौसला कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

२८ माघ, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेकी बिन्दु रावललाई अमरावती बुटिक होटल प्रालिले नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको छ।

नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो। प्रतियोगितामा बिन्दु रावलले कुल ९१ रन बनाएकी थिइन् ।

त्यसैगरी, प्रतियोगितामा सर्वाधिक विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गर्ने सीता राना मगर र मनीषा उपाध्यायलाई जनही ३५ हजार नगद पुरस्कार प्रदान गरिएको छ। सीता र मनीषा दुवैले समान ४-४ विकेट लिएका थिए। उनीहरूको प्रदर्शनले नेपाली महिला क्रिकेट टोलीलाई मजबुत बनाउन ठूलो भूमिका खेलेको थियो।

अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले सम्मान कार्यक्रमका क्रममा खेलाडीहरूको उपलब्धिले नेपाली महिला क्रिकेटलाई दीर्घकालीन रूपमा अघि बढाउन प्रेरणा दिने विश्वास व्यक्त गरे।

उनले महिला खेलाडीहरूको मेहनत, समर्पण र उपलब्धिलाई कदर गर्दै आगामी दिनमा पनि यस्ता हौसला प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

यस सम्मानले नेपाली महिला क्रिकेट खेलाडीहरूको मनोबल उच्च बनाउँदै भविष्यमा अझ उत्कृष्ट प्रदर्शनका लागि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

बिन्दु रावल मनिषा उपाध्याय सीता रानामगर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय