+

नेपाल र इटलीबीचको खेलमा तीन दाजुभाइको जोडी मैदानमा

२०८२ माघ  २८ गते १३:१२ २०८२ माघ २८ गते १३:१२
नेपाल र इटलीबीचको खेलमा तीन दाजुभाइको जोडी मैदानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले इटलीसँग मुम्बईस्थित वाङ्खडे स्टेडियममा दोस्रो खेल खेल्नेछ।
  • नेपाल र इटलीबीचको खेलमा तीन दाजुभाइ जोडी मैदानमा हुनेछन् जसमा नेपालका आरिफ र आसिफ शेख र इटलीका मानेन्ती र मोस्का दाजुभाइ छन्।
  • आरिफ र आसिफ शेख विश्वकपमा खेल्ने नेपालका पहिलो दाजुभाइ जोडी हुन् ।

२८ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार इटलीसँग खेल्दैछ ।

नेपाल र इटलीबीच पहिलोपटक टी-२०आईमा भेट हुँदा अर्को एउटा रोचक तथ्य पनि सँगै जोडिँदै छ । यो खेलमा तीन दाजुभाई मैदानमा उत्रिएको देख्न सकिनेछ ।

विश्व क्रिकेटमा दाजुभाईले एकै टोलीबाट खेलेको दृश्य त हामीले देख्दै आइरहेका छौं । तर विश्वकपमै खेल्ने दाजुभाईको जोडी भने दुर्लभै भेटिन्छन् । अझ एउटै टिममा दुई जोडी दाजुभाई त कमै हुने कुरा हो ।

नेपाली टोलीका दाजुभाई जोडी आरिफ र आसिफ शेख मैदानमा देखिँदा इटलीबाट दाजुभाईको दुई जोडी- एन्थनी र जस्टिन मोस्का तथा बेन र ह्यारी मानेन्ती खेल्ने छन् ।

आरिफ र आसिफ नेपालका लागि विश्वकपमा खेल्ने पहिलो दाजुभाई जोडी बनिसकेका छन् । इटलीसँगको खेलमा भने तीन दाजुभाई जोडी सँगै मैदानमा हुनेछन् ।

यी सबै खेलाडीले पहिलो खेलमा खेलिसकेकाले दोस्रो खेलमा पनि खेल्ने सम्भावना उच्च छ । त्यसकारण वाङ्खडेमा तीन दाजुभाईको जोडी देख्न पाइनेछ ।

आरिफ शेखले नेपालका लागि पहिलोपटक विश्वकप खेलेका हुन् भने आसिफले दोस्रोपटक विश्वकप खेलिरहेका छन् ।

आसिफ विकेटकिपर हुन् भने आरिफ दाँयाहाते ब्याटिङ अलराउन्डर हुन् । आसिफले नेपालका लागि टी-२०आईमा ६९ खेलमा १६४६ रन बनाएका छन् भने आरिफले ४६ खेलमा ५६३ रन बनाएका छन् ।

यता इटलीका बेन मानेन्ती र ह्‍यारी मानेन्ती अस्ट्रेलियामा क्रिकेट खेल्दै आएका छन् । बेन बलिङ अलराउन्डर हुन् । उनले ९ टी-२०आईमा ३ विकेट लिएका छन् भने १४५ रन बनाएका छन् । अस्ट्रेलियाको बिग ब्यास लिगमा उनले सिड्नी सिक्सर्सबाट खेल्छन् ।

ह्‍यारी मानेन्ती भने ब्याटिङ अलराउन्डर हुन् । उनले २२ टी-२०आई खेलमा ३९२ रन बनाएका छन् भने ३४ विकेट समेत लिएका छन् । उनले बिग ब्यास लिगमा एडेलिड स्ट्राइकर्सबाट खेल्छन् ।

यस्तै एन्थनी मोस्का दाँयाहाते टप अर्डर ब्याटर हुन् । उनले २० टी-२०आईमा ४९२ रन बनाइसकेका छन् । जस्टिन मोस्का पनि टप अर्डर ब्याटर हुन् । बाँयाहाते ब्याटिङ गर्ने उनले २१ खेलमा ३८१ रन बनाएका छन् ।

इटली क्रिकेट नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय