+

प्रिमियर लिग : चेल्सी र लिड्स तथा युनाइटेड र वेस्ट ह्‍यामको बराबरी

२०८२ माघ  २८ गते ९:०३ २०८२ माघ २८ गते ९:०३
प्रिमियर लिग : चेल्सी र लिड्स तथा युनाइटेड र वेस्ट ह्‍यामको बराबरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिड्स युनाइटेडले २-२ गोलको बराबरी खेलेका छन्।
  • म्यान्चेस्टर युनाइटेड र वेस्ट ह्याम युनाइटेडले १-१ गोलको बराबरी खेलेका छन्।
  • चेल्सी ४४ अंकसहित पाँचौं र म्यान्चेस्टर युनाइटेड ४५ अंकसहित चौथो स्थानमा छन्।

२८ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सी र लिड्स युनाइटेड तथा म्यान्चेस्टर युनाइटेड र वेस्ट ह्‍याम युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।

चेल्सीले घरेलु मैदानमा दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य भयो । खेलको २४औं मिनेटमा जोआओ पेड्रोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ५८औं मिनेटमा कोल पाल्मरले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

६७औं मिनेटमा लुकास नेमेचाले पेनाल्टीमार्फत गोल गर्दै लिड्सलाई खेलमा फर्काए । ७३औं मिनेटमा नोआ ओकाफरले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीपछि पाँचौं स्थानको चेल्सीको २६ खेलमा ४४ अंक भएको छ । लिड्स ३० अंकसहित १५औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले पनि वेस्ट ह्याम युनाइटेडसँग बराबरी खेल्दै हार टारेको छ ।

खेलको ५०औं मिनेटमा टोमस सोउसेकले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए । इन्जुरी समयको छैटौं मिनेटमा बेन्जामिन सेस्कोले गोल गर्दै युनाइटेडको हार टारे ।

बराबरीपछि २६ खेलमा ४५ अंक भएको युनाइटेड चौथो स्थानमा यथावत् छ भने २४ अंक भएको वेस्ट ह्याम १८औं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग चेल्सी म्यान्चेस्टर युनाइटेड लिड्स युनाइटेड वेस्ट ह्याम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय